सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटामा जारी १६औँ संस्करण शहीद भीमनारायण गोल्डकपको अन्तिम सेमिफाइनल खेल आज हुँदैछ । आज हुने खेलमा फाइनलमा पुग्ने लक्ष्यसाथ झापाको बिर्तामोड युनाइटेड क्लब र आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानको टिम मैदानमा उत्रँदै छन् ।

Advertisement

धनकुटाको तल्लो टुँडिखेलमा दिउँसो ३ बजेपछि दुई टिम आमनेसामने हुनेछन् । आजको खेलको विजेताले भोलि विभागीय टिम एपीएफसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । त्यसैले पनि आजको खेल निकै प्रतिस्पर्धात्मक हुनेछ ।

त्रिभुवन आर्मी क्लब काठमाडौंलाई १–० गोल अन्तरले हराउँदै बिर्तामोड युनाइटेडले सेमिफाइनलमा स्थान पक्का गरेको थियो । यस्तै, सिरहाको सल्हेस युथ क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै शहीद भीमनारायण स्मृति प्रतिष्ठानको टिम सेमिफाइनलसम्म आइपुगेको हो ।

यसअघि हिजो भएको पहिलो सेमिफाइनल खेलमा राष्ट्रिय जागृति क्लव सुनसरीलाई टाइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै विभागीय टिम सशस्त्र प्रहरीको एपीएफले फाइनलमा स्थान पक्का गरिसकेको छ ।

प्रतियोगिताको फाइनल खेल भोलि शनिबार हुनेछ । प्रतियोगिताको उपाधि विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजारसहित ट्रफी मेडल, कप, प्रमाणपत्र हात पार्नेछन् ।

सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजक समिति संयोजक शम्भु प्रधानले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!