सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । सलहेश युथ क्लब सिरहा धनकुटाको राजारानीमा जारी ११औँ रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा बिर्तामोड युनाइटेड क्लब झापालाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै साबिक विजेता सलहेश युथ क्लब उपाधि नजिक पुगेको हो ।

Advertisement

चौबिसे गाउँपालिका–६ राजारानीस्थित मैदानमा भएको खेलको ३२औं मिनेटमा सलहेशका आदित्य शाक्यले गोल गरेका थिए । त्यस्तै, खेलको ६२ औँ मिनेटमा झापाका निरज कार्कीले एक गोल गरेपछि खेल बराबरीको अवस्थामा पुगेको थियो ।

खेलको ८२औँ मिनेटमा सलहेशका अर्मन विडमले गोल गर्दै खेल २–१ को अवस्थामा पुगेको थियो । यस्तै, खेलको ८४औँ मिनेटमा झापाका दिवस उराउले गोल गर्दै खेल २–२ को बराबरीमा पुर्याए । बराबरीकै अवस्थामा निर्धारित समय सकिएपछि खेलको छिनोफानो टाइब्रेकरबाट गरिएको थियो ।

टाइब्रेकरमा सहलेशका जय गुरुङ, आदित्य शाक्य, कुलदिप कार्की, फागुराम थारु र प्रवेश दनुवारले गोल गरेका थिए । यस्तै, झापाका आशिष चापागाई, दिवस उराउ, विशाल दर्जी र देवेन्द्र तामाङले गोल प्रहार गरेका थिए भने मौसम सुब्बाको प्रहार सलहेशका गोलकिपर युनिश चौधरीले रोक्न सफल भए । खेलको म्यान अफ द म्याच घोषित हुँदै सलहेशका आदित्य शाकयले नगद ७ हजार पुरस्कार पाए ।

सलहेशले उपाधिका लागि आयोजक रारा फुटबल क्लबसँग बुधबार प्रतिस्पर्धा गर्नेछ । आयोजक रारा फुटबल क्लब पहिलो सेमिफाइनल खेलमा सोमबार मोरङको डाँगीहाट युथ क्लबलाई हराउँदै फाइनलमा पुगेको हो । प्रतियोगिताको उपाधि विजेताले नगद ५ लाख रुपैयाँ र उपविजेताले नगद २ लाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजक समितिका संयोजक मणि चेम्जोङले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!