सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटामा भएको अन्तर–विद्यालय महिला तथा पुरुष टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत पुरुषतर्फको खेलमा शितलादेवी माध्यमिक विद्यालय पाख्रीबासले उपाधि हात पारेको छ । बालसंसार आवासीय माविलाई १४७ रनले पराजित गर्दै शितलादेवीले उपाधि हात पारेको हो ।

धनकुटाको तल्लो टुँडिखेलमा भएको फाइनल खेलमा शितलादेवीले प्रस्तुत गरेको १८२ रनको लक्ष्य बालसंसारले निर्धारित २० ओभरमध्ये १० ओभरमा अलआउट हुँदै ३४ रनमा सीमित भइ १४७ रनले पराजित भयो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको शितादेवीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८१ रनको योगफल बनाउन सफल भएको थियो ।

Advertisement

यस्तै, महिलातर्फको फाइनल खेलमा गोकुण्डेश्वर माविले निजामती माविलाई ३४ रनले पराजित गरेको छ । निर्धारित २० ओभरको खेलमा पहिले ब्याटिङ गरेको गोकुण्डेश्वरले निजामतीलाई ५३ रनको लक्ष्य दिएको थियो । त्यसपछि ब्याटिङ गरेको निजामती २७ रन बनाउँदै अलआउट भएको थियो ।

खेलाडी उत्पादनका लागि विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज राईले बताए । उनले खेलाडी उत्पादनमा स्थानीय सरकारले चासो नदिँदा समस्या भइरहेको बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!