सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटामा जारी शहीद भीमनारायण गोल्डकपको उपाधि पाउने टिमको आज टुंगो लाग्दैछ । उपाधि हात पार्न फाइनल खेलमा दुई बलिया टिम भिड्दैछन् । धनकुटाको तल्लो टुँडिखेलमा दिउँसो २ बजे हुने खेलमा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ र झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब आमनेसामने हुनेछन् ।

Advertisement

झापाले हिजो अन्तिम सेमिफाइनल खेलमा आयोजक धनकुटालाई ० का विरुद्ध ३ गोल अन्तरले निराश पार्दै फाइनल यात्रा तय गरेको हो । यस्तै, पहिलो सेमिफाइनल खेलमा राष्ट्रिय जागृति क्लव सुनसरीलाई टाइब्रेकरमा ३–२ गोल अन्तरले पाखा लगाउँदै विभागीय टिम सशस्त्र प्रहरीको एपीएफले फाइनलमा स्थान पक्का गरेको हो ।

प्रतियोगिताको उपाधि विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजारसहित ट्रफी मेडल, कप, प्रमाणपत्र हात पार्ने आयोजक समिति संयोजक शम्भु प्रधानले जानकारी दिए ।

यसपटक प्रतियोगितामा विभिन्न आठवटा टिमको सहभागिता थियो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब काठमाडौं, एपीएफ फुटबल क्लब काठमाडौं, फोरस्टार युवा क्लब मोरङ र राष्ट्रिय जागृति क्लब इटहरी, बुटवल लुम्बिनी फुटबल क्लब, बिर्तामोड युनाइटेड झापा, सहलेश युवा क्लब सिरहा र आयोजक टिमले प्रीतस्पर्धा गरेका थिए ।

शहीद भीमनारायण श्रेष्ठको स्मृतिमा २०५५ सालबाट सुरु भएको प्रतियोगिताको यो १६ औं संस्करण हो । हरेक वर्ष सञ्चालन हुँदै आएको प्रतियोगिता कोरोना महामारीका कारण यसअघि केही वर्ष सञ्चालन हुन सकेको थिएन ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!