सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको राजारानीमा सम्पन्न ११औं रारा गोल्डकपको उपाधि सिरहाको सल्हेश युथ क्लबले जितेको छ । चौबिसे गाउँपालिका–६ स्थित पुण्य माविको खेल मैदानमा भएको फाइनलमा आयोजक रारा क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सिरहाले उपाधि हात पारेको हो ।

Advertisement

खेलको २५औँ मिनेटमा राराका प्रदिप भण्डारीले पहिलो गोल गरेका थिए । ५५औँ मिनेटमा सल्हेशका खेलाडी फागुराम थारुले गोल गर्दै खेल १–१ को बराबरीमा पुर्याए । बराबरीमा निर्धारित समय सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा सलहेशका जय गुरुङ, आदित्य शाक्य, कुलदिप कार्की र फागुराम थारुले गोल गरेका थिए ।

आयोजक राराका ताया र शिशिर लेखीले गोल गरेका थिए । राराका विशाल घलान तामाङ र राम वाजीको प्रहार सलहेशका गोलकिपर युनिश चौधरी रोक्न सफल भए । फाइनल खेलको म्यान अफ द म्याच बन्दै सल्हेशका फागुराम थारुले नगद ७ हजार पुरस्कार पाए । साबिक विजेता समेत रहेको सल्हेश युथ क्लबले उपाधिसहित नगद ५ लाख हात पार्यो ।

उपविजेता बनेको आयोजक रारा फुटबल क्लबले नगद २ लाख ५० हजार र रनिङ कपमा चित्त बुझायो । यस्तै, खेलको सर्वोत्कृष्ट खेलाडी रारा फुटबलका राम वाजी घोषित भए । उनले ५० हजार रुपैयाँ र ट्रफी हात पारे । वेष्ट गोलकिपर सल्हेशका युनिश चौधरी र उदयमान खेलाडी राराका विशाल लिम्बू घोषित भए । उनीहरुले जनही ११ हजार रुपैयाँ र ट्रफी पुरस्कार प्राप्त गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!