सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । झापाको कनकाई नगरपालिका धनकुटामा जारी सहिद रामकृष्ण श्रेष्ठ चौथो संस्करण महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा धनकुटाको साँगुरीगढी गाउँपालिकालाई ० का विरुद्ध ६ गोलले पराजित गर्दै झापा सेमिफाइनलमा प्रवेश गरेको हो ।

Advertisement

खेलको पहिलो हाफको ३ मिनेटमा कनकाईकी प्रतीक्षा राईले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । ८ मिनेटमा कनकाईकै जेनिफोर रानामगरले गोल गरिन् भने टिमका लागि १२ मिनेटमा समीक्षा राईले अर्को गोल थपिन् ।

यस्तै, खेलको १५ मिनेटमा कनकाईकी सिम्रन राइले गोल गर्दै पहिलो हाफमा आफ्नो टिमलाई ४ गोलले अग्रता दिलाइन् । दोस्रो हाफको ८ मिनेटमा कनकाईकी समीक्षा राईले गोल गरिन् भने १२ मिनेटमा कनकाईकै ममता राउतले एक गोल गरिन् ।

दोस्रो हाफको २५ मिनेटमा साँगुरीगढीले फ्री किक पाएको थियो । साँगुरीगढीकी सलिना लिम्बुले गरेको प्रहार बाहिरिएको थियो । खेलको म्यान अफ द म्याच कनकाईकी जेनिफर रानामगर घोषित भइन् । उनले १ हजार ५ सय नगद पुरस्कार पाइन् ।

बुधबार पहिलो सेमिफाइनल खेलमा धनकुटा नगरपालिका र छथरजोरपाटी गाउँपालिकाले प्रतिस्पर्धा गर्नेछन् । दोस्रो सेमिफाइनलमा कनकाई नगरपालिका झापा र मिक्लाजुङ गाउँपालिका मोरङ आमनेसामने हुनेछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!