सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटा नगरपालिका यहाँ जारी सहिद रामकृष्ण श्रेष्ठ चौथो संस्करण महिला फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा छथरजोरपाटी गाउँपालिकालाई ० का विरुद्ध ३ गोलले हराउँदै धनकुटा उपाधिनजिक पुगेको हो ।

धनकुटाका लागि पहिलो हाफको १८ मिनेट र दोस्रो हाफको ३ मिनेटमा सन्जु तामाङले गोल गरिन् । २० मिनेटमा विपना राईले थप एक गोल गरी आफ्नो टिमलाई विजयी बनाउन सफल भइन् । खेलको म्यान अफ द म्याच बन्दै धनकुटाकी सन्जु तामाङले १ हजार ५ सय नगद पुरस्कार पाइन् ।

Advertisement

बुधबारै भएको दोस्रो सेमिफाइनल खेलमा कनकाई नगरपालिका विजयी हुँदै फाइनलमा पुगेको छ । मिक्लाजुङ गाउँपालिका मोरङलाई ० का विरुद्ध ५ गोलले पराजित गर्दै कनकाई उपाधिनजिक पुग्न सफल भएको हो ।

कनकाईका लागि पहिलो हाफको ६ मिनेटमा प्रतीक्षा चौधरी, ११ मिनेटमा जेनिफर रानामगर तथा दोस्रो हाफको ६ मिनेटमा एलेक्स चौधरी, १३ मिनेटमा जेनिफर राना मगर र २१ मिनेटमा मनिता ताम्राकारले गोल गरे । खेलको म्यान अफ द म्याच कनकाईकी प्रतीक्षा चौधरी बनिन् । उनले १ हजार ५ सय नगद पुरस्कार पाइन् ।

प्रतियोगिताअन्तर्गत बिहिवार धनकुटा नगरपालिका र कनकाई नगरपालिकाबीच उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उपाधि विजेताले १ लाख रुपैयाँसहित ट्रफी तथा उपविजेताले ५० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!