कारमा गाँजा ओसार्ने ३ जना पक्राउ

कारमा गाँजा ओसार्ने ३ जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–४ इक्राहीमा एउटा कारभित्र ठूलो परिमाणमा गाँजा भेटिएको छ । बा ६ च ४६८९ नम्बरको कारमा १०२ किलो गाँजा भेटिएको हो । गाँजा ओसारपसारमा संलग्न तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा टोली परिचालन गरी निगरानी गर्ने क्रममा हिजो अपराह्न उक्त स्थानमा गाँजा बरामद भएको प्रहरीले जनाएको छ । शंका लागेर कारलाई नियन्त्रणमा लिइ प्रहरी टोलीले जाँच गरेको थियो ।...
चौथोपटक युरोकप जितेर स्पेनको कीर्तिमान

चौथोपटक युरोकप जितेर स्पेनको कीर्तिमान

विराटनगर । स्पेनले चौथो पटक युरोकपको उपाधि जितेको छ । जर्मनीको बर्लिनमा भएको फाइनलमा इङ्गल्याण्डलाई २–१ ले पराजित गर्दै स्पेनले चौथो पटक युरो जित्ने कीर्तिमान बनाएको हो । स्पेनका लागि निको विलियम्स र मिकेल ओयाजाबालले गोल गरे । इङ्गल्याण्डका कोल पाल्मरले एक गोल फर्काए । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा तीन गोल भएको थियो । खेलको ४७औं मिनेटमा निको विलियम्सले गोल गर्दै स्पेनल...
पदक विजेता कोशीका खेलाडीहरु पुरस्कृत

पदक विजेता कोशीका खेलाडीहरु पुरस्कृत

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले प्रदेशका २ सयजना खेलाडीलाई आज पुरस्कृत तथा सम्मानित गरेको छ । अन्तरप्रदेश राष्ट्रिय खेलकुद र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक विजेता खेलाडी सम्मानित भएका हुन् । खेल प्रशिक्षक, व्यवस्थापक र खेल क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएकाहरूलाई पनि नगदसहित सम्मान गरिएको छ । खेलाडीहरूलाई १५ हजारदेखि ५० हजार रुपैयाँसम्म नगद र सम्मान पत्रले सम्मान गरिएको ...
विराटनगरस्थित तारिणीप्रसाद स्मृति रेडियोबाट अब राजवंशी भाषामा समाचार

विराटनगरस्थित तारिणीप्रसाद स्मृति रेडियोबाट अब राजवंशी भाषामा समाचार

विराटनगर । बहुभाषिक नीतिअनुरूप रेडियो नेपाल तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामले महानगर एफएम विराटनगरबाट राजवंशी भाषा समाचार प्रसारण सुरु गरेको छ । आजदेखि सुरु भएको राजवंशी भाषाको समाचार हरेक दिन महानगर एफएममा दिउँसो १ बजेर ४५ मिनेटमा प्रसारण हुनेछ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले प्रसारण सुरु गर्दै यसले भाषा संस्कृतिको विकासमा थप बल पुग्ने बताए । उनले संविधानमा उल्लेख भएअ...
बाढीपहिरोमा १०८ जनाको मृत्यु, ११९ घाइते

बाढीपहिरोमा १०८ जनाको मृत्यु, ११९ घाइते

विराटनगर । अविरल वर्षाका जेठ २८ गतेयता देशका विभिन्न स्थानमा बाढी, पहिरो लगायतका विपद्मा परी १ सय ८ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी गण्डकी प्रदेशमा ३८ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ ...
खैरो हेरोइनसहित चारजना पक्राउ

खैरो हेरोइनसहित चारजना पक्राउ

विराटनगर । झापा, मोरङ र धनकुटाका विभिन्न स्थानबाट लागुऔषध खैरो हेरोइनसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलमा भारतीय नागरिक ३६ वर्षीय बब्लु रायलाई ११ ग्राम ३०० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको हो । यस्तै, धनकुटाको छिन्ताङस्थित इलाका प्रहरी कार्यालयको टोलीले को ३८ प ६५६७ नम्बर मोटरसाइकलमा सवार सहिदभूमि–२ का २८ वर्षीय हिरालाल राई र २८ वर्ष...
केपी ओली प्रधानमन्त्री नियुक्त, शपथ भोलि

केपी ओली प्रधानमन्त्री नियुक्त, शपथ भोलि

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज ओलीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका हन् । नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ सोमबार बिहान ११ बजे हुने तय भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले गत शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका...
शुभलक्ष्मी बनिन् ‘मिस कोशी’

शुभलक्ष्मी बनिन् ‘मिस कोशी’

विराटनगर । आठौँ संस्करणको ‘मिस कोशी–२०२४’ प्रतियोगिताको उपाधि सुनसरीको इटहरीकी शुभलक्ष्मी राइले जितेकी छन् । जय मिडिया म्यानेजमेन्ट प्रालिकोे आयोजना सुनसरीको धरानमा सम्पन्न प्रतियोगिताको फाइनलमा २४ जना प्रतिस्पर्धीलाई पछि पार्दै राईले उपाधि जितेकी हुन् । उपाधिसँगै उनले १ लाख रुपैयाँ र विभिन्न उपहार प्राप्त गरिन् । धरानकी निशा हङ्मा लिम्बु फर्स्ट रनरअप भइन् भने सेकेण्ड रनरअप झापाकी निगम मोक्तान...
स्टेयरिङको खराबीले ताप्लेजुङको फुङलिङमा सडकबाट खस्यो गाडी

स्टेयरिङको खराबीले ताप्लेजुङको फुङलिङमा सडकबाट खस्यो गाडी

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ नगरपालिका–७ मा आज अपराह्न भएको सवारी दुर्घटनामा ७ जना घाइते भएका छन् । तेल्लोकबाट फुङलिङ आइरहेको मे १ ज ३३१३ नम्बरको बोलेरो गाडी दुर्घटना भएको हो । प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलका अनुसार गाडीको स्टेयरिङको ‘टाइरेट गोली’ भाँचिएर अनियन्त्रित भइ गाडी सडकबाट तल झाडीमा खसेको थियो । दुर्घटनामा सिरिजंघा गाउँपालिका–५ की १८ वर्षीया मुना भट्टराई, ३५ वर्षीया ...
कोशी प्रदेशमा डेंगु संक्रमितको संख्या ३७१

कोशी प्रदेशमा डेंगु संक्रमितको संख्या ३७१

विराटनगर । वर्षा लागेसँगै बढ्ने क्रममा रहेको डेंगु संक्रमणबाट कोशी प्रदेशका ३७१ जना प्रभावित भएका छन् । प्रदेशगत रुपमा सबैभन्दा बढी बागमती प्रदेशमा डेंगु संक्रमित भेटिएका छन् । समग्रमा देशभरि गरी पछिल्लो चार दिनयता ६१ जना नयाँ डेंगु सङ्क्रमित थपिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । ईडीसीडीका अनुसार देशका ७७ जिल्लामध्ये ७३ जिल्लाका गत जनवरीयता हालसम्म कुल १५ सय ४४ ...
हात्तीले झापाको बिर्तामोडका चारवटा घरमा क्षति पुर्याए

हात्तीले झापाको बिर्तामोडका चारवटा घरमा क्षति पुर्याए

झापा । झापाको बिर्तामोड नगरपालिका–७ स्थित डाँडागाउँमा हात्तीले चारवटा घरमा क्षति पुर्याएको छ । गएराति आएका चारवटा हात्तीले स्थानीय बासिन्दाका चारवटा घरमा क्षति पुर्याएका हुन् । हात्तीले घरमा क्षति पुर्याउँदा तीन लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । हात्तीले स्थानीय नवराज लिम्बू, डम्बर विक, सोनु सुनुवार र खगेन्द्र घिमिरेको घरका पर्खाल भत्काउनाका साथै अन्नपातसमेत नष्ट गरेको ...
माई नदीको बाढीले झापाको सन्थाल बस्ती जोखिममा

माई नदीको बाढीले झापाको सन्थाल बस्ती जोखिममा

झापा । माई नदीमा आएको बाढीका कारण झापाको झापा गाउँपालिका–२ सुखाबथानको सन्थाल बस्ती जोखिममा परेको छ । माई नदीको कटानले सन्थाल बस्ती तीनपटक स्थानान्तरण भइसकेको छ । सुखाबथानबाट टप्पुसम्मको करिब एक हजार आठ सय मिटर तटबन्ध निर्माण गर्न सकिए सन्थाल बस्तीलाई सुरक्षित राख्न सकिने झापा गाउँपालिका–२ का वडाध्यक्ष हिमालकुमार चम्लागाईँको भनाइ छ । तटबन्ध निर्माण गर्न गाउँपालिका, जनताको तटबन्ध कार्यक्रम, गृह ...
बससहित बगेका ६५ जनामध्ये ५ को शव भेटियो

बससहित बगेका ६५ जनामध्ये ५ को शव भेटियो

विराटनगर । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । तीमध्ये तीनजनाको मात्र परिचय खुलेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगरपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो । द...
युरोकप उपाधिका लागि स्पेन र इङ्ल्यान्ड आमनेसामने हुँदै

युरोकप उपाधिका लागि स्पेन र इङ्ल्यान्ड आमनेसामने हुँदै

विराटनगर । युरोपियन च्याम्पियनसिपको फाइनल खेल आज राति हुँदैछ । स्पेन र इङ्ल्यान्डबीच हुने उपाधि भिडन्त नेपाली समयअनुसार १२ः४५ बजे बर्लिनको ओलम्पिया रंगशालामा हुनेछ । स्पेन कीर्तिमानी चौथो पटक युरो कपको उपाधि जित्ने लक्ष्य राखेर मैदानमा ओर्लदै छ । इङ्ल्यान्डले भने अहिलेसम्म युरोकपको उपाधि जितेको छैन । फुटबलमा स्पेन र इङ्ल्यान्डबीचको हेड टु हेडको कीर्तिमान हेर्ने हो भने दुई टोलीले अहिलेसम्म जम्म...
कोशी प्रदेश सरकार पुनर्गठनको तयारी, कांग्रेसबाट मन्त्री थपिने, माओवादी विपक्षमा

कोशी प्रदेश सरकार पुनर्गठनको तयारी, कांग्रेसबाट मन्त्री थपिने, माओवादी विपक्षमा

विराटनगर । केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै कोशी प्रदेशमा सरकारमा पनि फेरबदल हुने भएको छ । केन्द्रमा मुख्य दुई पार्टीहरु नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसारप्रदेश सरकार पुनर्गठनको तयारी सुरु गरिएको छ । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माओवादी केन्द्रबाट सरकार सहभागी भएका मन्त्रीहरुलाई हटाएर कांग्रेसलाई सरकारमा सामेल गराउने तयारी गरेका हुन् । हाल प्रदेश सरकारमा एमाले र म...
चौथोपटक मुलुकको प्रमुख कार्यकारी बन्दै ओली

चौथोपटक मुलुकको प्रमुख कार्यकारी बन्दै ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । फेरिएको राजनीतिक समीकरणका बीच उनले चौथोपल्ट मुलुकको प्रमुख कार्यकारीको जिम्मेवारी पाउँदैछन् । असार १७ गते राति भएको सात बुँदे सहमतिका साथ नेपाली कांग्रेस र एमालेबीच सत्ता सहकार्यको मार्ग प्रशस्त भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्बाट विश्वासको मत नपाएर पदमुक्त भएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले न...
कोशीका केही स्थानमा भारी वर्षाको सम्भावना

कोशीका केही स्थानमा भारी वर्षाको सम्भावना

विराटनगर । कोशी प्रदेशका केही स्थानमा आज भारी वर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना देखिएको हो । महाशाखाले मौसम बुलेटिन जारी गर्दै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाइएको छ । मधेश, कर्णाली र ...
बससँगै बगेर बेपत्ता भएका दुईजना मृत भेटिए

बससँगै बगेर बेपत्ता भएका दुईजना मृत भेटिए

विराटनगर । नारायणी नदी किनारमा आज दुईवटा शव फेला परेका छन् । नवलपरासीको गैँडाकोट–७ गैरीस्थित नारायणी नदीमा दुईजना पुरुषको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार नदीको बीच भागको टापुमा शव फेला परेका हुन् । नदीले बगाएर ल्याएका अन्दाजी २५-३० वर्षका पुरुषको शव फेला परेको स्थानीय बोटेहरूले जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको थियो । त...
संगठित रुपमा लागुऔषध कारोबार गर्ने ५ जना पक्राउ

संगठित रुपमा लागुऔषध कारोबार गर्ने ५ जना पक्राउ

सुनसरी । धरानबाट ठूलो परिमाण लागूऔषधसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा र धरानका साथै भारतीय नागरिकसमेत छन् । धरानस्थित १७ वर्षीया एक किशोरीको कोठाबाट लागूऔषध बरामद गरिएको छ । पक्राउ पर्नेमा धरान–४ का २६ वर्षीय मदन राई, १९ वर्षीय सचिन राई, धनकुटा–३ कागतेका ४५ वर्षीय चन्द्रध्वज राई र भारतको अररिया जिल्लाअन्तर्गत जोगबनीका २८ वर्षीय रविकुमार सिंह छन् । पक्राउ परेकी किशो...
सुनसरीको श्रीपुरमा दुर्घटनाः एकजनाको मृत्यु ३ घाइते

सुनसरीको श्रीपुरमा दुर्घटनाः एकजनाको मृत्यु ३ घाइते

सुनसरी । सुनसरीको कोशी गाउँपालिकामा दुईजना मोटरसाइकल जुधेर भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुवै मोटरसाइकलका गरी तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार कोशी गाउँपालिका–६ श्रीपुरस्थित सडकमा प्र.१–०४–००१ प ०१०५ नम्बरको मोटरसाइकल र प्र.१–०२–०४१ प ४४९५ नम्बरको मोटरसाइकल गएराति एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा प्र.१–०२–०४१ प ४४९५ नम्बरको मोटरसाइकल चालक कोशी गाउँपालिका–६ का प्रकाश भगतको मृ...
रिजुको कविता ‘वर्तमान’ बन्यो उत्कृष्ट

रिजुको कविता ‘वर्तमान’ बन्यो उत्कृष्ट

विराटनगर । २११ औं भानु जयन्तीको अवसरमा विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले कविता प्रतियोगिता गरेको छ । कक्षा ५ देखि १२ सम्मका ३० जना विद्यार्थीले भाग लिएको प्रतियोगितामा कक्षा १० की छात्रा रिजु अधिकारीको ‘वर्तमान’ शीर्षकको कविता उत्कृष्ट बनेको थियो । उनले प्रथम पुरस्कार प्राप्त गरिन् । यस्तै, कक्षा १२ का खिलराज ढकाल ‘मलाई गर्व लाग्छ मेरो देश’ शीर्षकको कविता वाचन गरेर द्वितीय भए भने १२ कै...
नेपालीले किने क्यानाडाको सय वर्षभन्दा पुरानो निजी कलेज

नेपालीले किने क्यानाडाको सय वर्षभन्दा पुरानो निजी कलेज

विराटनगर । नेपाली लगानीकर्ताको समूहले क्यानाडामा एउटा निजी कलेज खरिद गरेको छ । समूहले नोभा स्कोसिया प्रान्तस्थित हेलिफ्याक्स सहरमा रहेको मेरी टाइम्स बिजनेस कलेज (एमबीसी) खरिद गरेको हो । द ब्रिटिस एजुकेशन ग्रुप, युकेको नेतृत्व र नेपाली क्यानेडियनहरुको एक समूहको संयुक्त लगानीमा सय वर्षभन्दा पुरानो उक्त कलेज खरिद गरिएको क्यानाडाको टोरन्टोमा रहेका एकजना लगानीकर्ता विद्याभूषण कार्कीले बताए । सन् १८...
२ करोड ६१ लाखको रुद्राक्ष चीन निर्यात

२ करोड ६१ लाखको रुद्राक्ष चीन निर्यात

विराटनगर । चालू आर्थिक वर्षको ११ महिनामा २ करोड ६१ लाख रुपैयाँ बराबरको रुद्राक्ष चीन निर्यात भएको छ । नेपालबाट चीन, अमेरिका र भारतमा रुद्राक्ष निर्यात हुँदै आएको छ । भन्सार विभागका अनुसार सबैभन्दा धेरै भारततर्फ १ करोड १० लाख रुपैयाँभन्दा बढीको रुद्राक्ष निर्यात भएको तथ्यांक छ । चीनमा ८० लाखभन्दा बढी तथा अमेरिकामा ६० लाख रुपैयाँभन्दा बढीको रुद्राक्ष निर्यात भएको जनाइएको छ । पूर्वी नेपालका संखुवा...
बससहित नदीमा खसेर बेपत्ता भएकामध्ये एकजनाको शव भेटियो

बससहित नदीमा खसेर बेपत्ता भएकामध्ये एकजनाको शव भेटियो

विराटनगर । अविरल वर्षापछि खसेको पहिरोले बगाएको बससँगै त्रिशूली नदीमा बेपत्ता भएकामध्ये एकजनाको शव फेला परेको छ । चितवनको भरतपुर–२८ स्थित नारायण नदी किनारमा शव फेला परेको हो । प्रहरीका अनुसार नदी किनारमा घोप्टो परेको अवस्थामा शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शवको साथमा केही कागजात भेटिएको छ । ती कागजातको आधारमा उनी भारतीय नागरिक ऋषि पल साह रहेको खुलेको प्रहरीको भनाइ छ । काठ...
पाथीभरा जाने तीर्थयात्रीको सुविधाका लागि उपचार केन्द्र

पाथीभरा जाने तीर्थयात्रीको सुविधाका लागि उपचार केन्द्र

ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा आउने तीर्थयात्रीलाई सुविधा दिन प्राथमिक उपचार केन्द्र स्थापना गरिएको छ । पाथीभरा जाने बाटोमा पर्ने माथिल्लो फेदी भन्ने स्थानमा भवन निर्माण सम्पन्न भएसँगै केन्द्र स्थापना गरिएको हो । कोशी प्रदेश सरकारको ५० लाख रुपैयाँको लागतमा चारवटा कोठा भएको एक तले भवन बनाइएको छ । यसअघि स्थानीय होटल व्यवसायी इन्द्रनारायण भट्टराईले अस्थायी भवन बनाइदिएका थिए । उनले पाँच व...
बलात्कार आरोपमा खोटाङको जन्तेढुंगाका वृद्ध पक्राउ

बलात्कार आरोपमा खोटाङको जन्तेढुंगाका वृद्ध पक्राउ

खोटाङ । महिलालाई बलात्कार गरेको आरोपमा एकजना वृद्ध पक्राउ परेका छन् । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङका ६२ वर्षीय बलवीर राईलाई प्रहरीले पक्राउ गरेको हो । गत असार २६ गते स्थानीय २९ वर्षीया महिलालाई बलात्कार गरेको उजुरी परेका आधारमा उनलाई पक्राउ गरिएको हो । प्रहरी निरीक्षक राजु निरौलाका अनुसार पीडित महिलालाई स्वास्थ्य परीक्षणका लागि सदरमुकाम दिक्तेल पठाइएको छ । आरोपी राईलाई पनि जिल्ला प्रहरी का...
चुलोबाट खरानी निकाल्दा सर्पले डसेर मृत्यु

चुलोबाट खरानी निकाल्दा सर्पले डसेर मृत्यु

सिरहा । सिरहाको चोहर्वामा सर्पको डसाइबाट एकजना महिलाको मृत्यु भएको छ । सर्लाहीको पर्सा गाउँपालिका सङग्रामपुर घर भइ सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वा बस्दै आएकी ३० वर्षीया रोशिना खातुनको गएराति मृत्युि भएको प्रहरीले जनाएको छ । चुलोबाट खरानी निकाल्ने क्रममा उनलाई सर्पले डसेको थियो । उपचारका लागि सुरुमा जयकाली सर्पदंश उपचार केन्द्रमा लगिएको थियो । त्यहाँ सम्भव नभएपछि कर्जन्हास्थित फूलकुमारी महतो...
भानुभक्तको २११औँ जन्मजयन्ती मनाइँदै

भानुभक्तको २११औँ जन्मजयन्ती मनाइँदै

विराटनगर । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’ मा प्रस्तुत गरेका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीका घर–घरमा लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरे...
प्रधानमन्त्री दाहालले पाएनन् विश्वासको मत

प्रधानमन्त्री दाहालले पाएनन् विश्वासको मत

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मतका लागि राखेको प्रस्ताव अस्वीकृत भएको छ । प्रस्ताव अस्वीकृत भएसँगै दाहाल प्रधानमन्त्रीबाट पदमुक्त भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उपस्थित २५८ सांसदमध्ये दाहालको पक्षमा ६३ मत मात्र पर्यो । उनको विपक्षमा १९४ मत पर्यो । प्रधानमन्त्री बन्नका लागि आवश्यक १३८ मत प्राप्त नभएपछि उनी पदमुक्त भएका हुन् । यसअघि आलोपालो कांग्रेस र ...
दुध उत्पादक किसानको ३२ करोड रुपैयाँ भुक्तानी गर्न मुख्यमन्त्री कार्कीको आग्रह

दुध उत्पादक किसानको ३२ करोड रुपैयाँ भुक्तानी गर्न मुख्यमन्त्री कार्कीको आग्रह

विराटनगर । किसानले दुधको करोडौं रुपैयाँ भुक्तानी नपाइरहेको अवस्थामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चासो देखाएका छन् । विराटनगर दुग्ध वितरण आयोजनाले किसानबाट संकलन गरेको दूधको ३२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । मुख्यमन्त्री कार्कीले आयोजनाका आज कर्मचारीलाई मुख्यमन्त्री कार्यालयमा बोलाएर किसानको रकम भुक्तानीको लागि आग्रह गरेका हुन् । आयोजनाले धनकुटा, तेह्रथुम, उदयपुर, सुनसरी...
झापामा डेंगु संक्रमितको संख्या १२३ पुग्यो

झापामा डेंगु संक्रमितको संख्या १२३ पुग्यो

झापा । झापामा डेंगु संक्रमितको संख्या १२३ पुगेको छ । काठमाडौंपछि झापामा सबैभन्दा बढी संक्रमित पाइएका हुन् । गत पुस महिनायता देशभरि १ हजार ४८३ जनामा संक्रमण पाइएकामा सबैभन्दा बढी काठमाडैंमा १६५ संक्रमित रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । पछिल्लो समय संक्रमणको वृद्धिदर पनि तीव्र रहेको महाशाखाले जनाएको छ । असार अन्तिमसम्म आइपुग्दा मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेकका ७३ ...
error: Content is protected !!