संगालोखबर

विराटनगर । गत शुक्रबारदेखि बेपत्ता रहेकी मोरङको सुन्दरहरैंचा-७ की अस्मिता कार्की आज बिहान झापामा फेला परेकी छन् । झापाको बिर्तामोडबाट प्रहरीले पौडेललाई नियन्त्रणमा लिएको हो ।

Advertisement

अस्मिताका मामा लेखत खड्काका अनुसार श्रीमानसँग वादविवाद भएपछि दुई नाबालिका छोरी लिएर उनी शुक्रवार साँझ करिब ६ बजे घरबाट हिँडेकी थिइन् । शनिवार अपरान्ह करिब ४ः३० बजे स्थानीय केराघारीमा दुई छोरी मृत फेला परे । आमा अस्मिता भने बेपत्ता थिइन् ।

उनी झापा पुगेको खबर गाउँलेलाई आएको थियो । जानकारीपछि झापामा खोजतलास बढाएको प्रहरीले उनलाई बिहान करिब ६ बजे नियन्त्रणमा लिएको हो । उनी मानसिक रुपमा विक्षिप्‍त रहेको पाइएकाले उपचारका लागि अस्पताल लगिने बताइएको छ ।

धनकुटा घर भएका ३१ वर्षीय अर्जुन कार्की र २९ वर्षीया अस्मिता दुई सन्तान लिएर सुन्दरहरैंचामा बस्दै आएका थिए । पारिवारिक विवादपछि उत्पन्न परिस्थितिले दुई छोरी गुमाउँदा उनीहरूको परिवार उजाडिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!