‘देशलाई अप्ठ्यारो पर्दा कांग्रेस–एमाले एक’

‘देशलाई अप्ठ्यारो पर्दा कांग्रेस–एमाले एक’

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले देश र व्यवस्थालाई अप्ठेरो पर्दा कांग्रेस–एमाले एक ठाउँमा उभिने गरेको दाबी गरेका छन् । मन्त्रालयमा आज लमजुङका नेता कार्यकर्ताको बधाई तथा शुभकामना ग्रहण गर्दै मन्त्री गुरुङले यस्तो दाबी गरेका हुन् । २०४६ सालमा पञ्चायत फाल्न, २०६२–०६३ सालमा राजतन्त्र फाल्न र २०७२ मा गणतान्त्रिक संविधान बनाउन पनि कांग्रेस–एमाले एकै ठाउँमा उभिएको उनको...
मिस कोशीका विजेतालाई गरियो सम्मान

मिस कोशीका विजेतालाई गरियो सम्मान

विराटनगर । आठौँ संस्करणको मिस कोशी २०२४ का विजेताहरूलाई सम्मान गरिएको छ । आज विराटनगरमा कोशी प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा ऊर्जा मन्त्री एकराज कार्कीले उनीहरूलाई सम्मान गरेका हुन् । मिस कोशी बन्न सफल इटहरीकी शुभलक्ष्मी राई, फस्ट रनरअप धरानकी निशा हाङ्मा लिम्बू, सेकेन्ड रनरअप झापाकी निलम मोक्तान तामाङ, थर्ड रनरअप जुम्लाकी कृति बस्नेत र पाँचौँ स्थान ओगट्न सफल इटहरीकी स्वस्तिका राई सम्मानित ...
एसियन थाइ फुड्सले ‘टु पिएम’ भेज र चिकेन मसला करी चाउचाउ ल्यायो बजारमा

एसियन थाइ फुड्सले ‘टु पिएम’ भेज र चिकेन मसला करी चाउचाउ ल्यायो बजारमा

विराटनगर । एसियन थाइ फुड्सले टु पिएम चाउचाउको दुई नयाँ भेरियन्ट भेज मसला करी र चिकन मसला करी बजारमा ल्याएको छ । साढे दुई दशकको इतिहास बोकेको एसियन थाइ फुड्सले चाउचाउको नयाँ उत्पादन सुरु गरेको हो । टु पिएम चाउचाउका ब्राण्ड एम्बास्डर मास्टरशेफ सन्तोष शाहको रेसिपी अनुसार चाउचाउ तयार गरिएको एसियन थाइ फुड्सले जनाएको छ । मास्टरशेफ शाहको वर्षौको अनुभवलाई प्रयोग गरेर यो प्रामाणिक र स्वादिष्ट टु पिएम चा...
विराटनगरका सामुदायिक विद्यालयमा लापरबाही गर्ने शिक्षकलाई कारबाही गरिने

विराटनगरका सामुदायिक विद्यालयमा लापरबाही गर्ने शिक्षकलाई कारबाही गरिने

विराटनगर । सामुदायिक विद्यालयकोे गुणस्तर बढाउन विराटनगर महानगरपालिकाले अनुगमन सुरु गरेको छ । शिक्षा समितिबाट गठित अनुगमन समितिले विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयहरूको अनुगमन सुरु गरेको हो । बुधबार र बिहीबार दुई दिनमा टोलीले विराट महेन्द्र रात्रि मावि, जनता नमुना मावि, सत्यनारायण आधारभूत विद्यालय, विराट आधारभूत विद्यालय, दिघी आधारभूत विद्यालय र जनता आधारभूत विद्यालय खोक्स...
दक्षिण एसियाली करातेमा नेपाललाई ८ वटा स्वर्णपदक

दक्षिण एसियाली करातेमा नेपाललाई ८ वटा स्वर्णपदक

विराटनगर । भुटानको थिम्पुमा आज सुरु भएको आठौं दक्षिण एसियाली कराते प्रतियोगितामा नेपालले पहिलो दिन नै आठवटा स्वर्णपदक जितेको छ । सिनियर महिला एकल कातातर्फ एलिसा रास्कोटी मगर, पुरुष एकल कातामा स्वनिम मानन्धर, महिला –२१ वर्षतर्फ सन्जु देशार र पुरुष क्याडेटतर्फ रेहान जावेदले नेपाललाई स्वर्ण पदक दिलाए । एलिसाले सेमिफाइनलमा भुटान र फाइनलमा भारतलाई पराजित गरिन् भने स्वनिमले सेमिफाइनलमा श्रीलंका र फा...
कोशी प्रदेशमा एचआइभी संक्रमितको सङ्ख्या ४ हजार भन्दा बढी

कोशी प्रदेशमा एचआइभी संक्रमितको सङ्ख्या ४ हजार भन्दा बढी

विराटनगर । कोशी प्रदेशका ४ हजार भन्दा बढी मानिसमा एचआईभी संक्रमण भएको पाइएको छ । स्वास्थ्य निर्देशनालय धनकुटा र ए.एच.एफ नेपालले बुधबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा एचआइभी संक्रमितको तथ्यांक सार्वजनिक गरिएको हो । कार्यक्रममा नेशनल एसोसिएसन अफ पिपुल लिभिङ विथ एचआईभी महासंघ कोशी प्रदेशका सुपरभाइजर रोमनकुमार राईले प्रदेशमा ४ हजार बढी एचआईभी संक्रमित रहेको जानकारी दिए । उनका अनुसार २ हजार ४ स...
रिल्स बनाउने क्रममा झरनाबाट ३०० मिटर तल खसेपछि…

रिल्स बनाउने क्रममा झरनाबाट ३०० मिटर तल खसेपछि…

विराटनगर । सामाजिक सञ्जालका विभिन्न माध्यममा भिडियो राख्ने चलन अचेल बढेको छ । खासगरी फेसबुक, इन्स्टाग्राम जस्ता माध्यममा रिल्स बनाएर पोस्ट गर्ने चलन बढिरहेको छ । यस्ता भिडियो लोकप्रिय पनि हुन्छन् । यही कारण अरुले भन्दा फरक, आकर्षक र राम्रो भिडियो बनाएर पोस्ट गर्न धेरैले मन पराउँछन् । यसो गर्दा कतिपय प्रयोगकर्ता जोखिमपूर्ण स्थानहरुमा पनि पुगिरहेका हुन्छन् । त्यस्तो गर्दा अनेक दुर्घटना पनि भएका ...
बलात्कार अभियोगमा खोटाङका युवक ललितपुरमा पक्राउ

बलात्कार अभियोगमा खोटाङका युवक ललितपुरमा पक्राउ

खोटाङ । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट खोटाङ घर भएका एकजना पक्राउ परेका छन् । लतिलपुरको महालक्ष्मी नगरपालिका–४ ईमाडोल ट्याम्पोपार्क बस्ने खोटाङ, केपीलासगढी गाउँपालिका–५ घर भएका २६ वर्षीय नरबहादुर खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । बालिकालाई ललाई फकाई सोही महानगरपालिका–२८ हरिसिद्धि चाइनिज टायल कारखानाको कम्पाउण्डको खाली जग्गामा लगी जबरजस्ती करणी गरेको स...
ताप्लेजुङको मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

ताप्लेजुङको मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

ताप्लेजुङ । मैवाखोला गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका–२ ढुङ्गेसाँघुका ३५ वर्षीय भीमकुमार तामाङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको थियो । त्यसतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कमल लुंगेलीले...
कर्मचारी भर्ना गर्न लोक सेवा आयोगले भदौदेखि परीक्षा सञ्चालन गर्ने

कर्मचारी भर्ना गर्न लोक सेवा आयोगले भदौदेखि परीक्षा सञ्चालन गर्ने

विराटनगर । लोक सेवा आयोगले सरकारी कर्मचारी पदपूर्ति गर्न आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । सूचना जारी गर्दै आयोगले विभिन्न सेवा र समूहको पदपूर्तिका लागि कार्यतालिका सार्वजनिक गरेको हो । निजामती कर्मचारीदेखि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सङ्गठित संस्थाहरूको कार्य तालिका समेटिएको छ । सूचनामा राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव...
कोशीका केही स्थानमा आज भारी वर्षाको सम्भावना

कोशीका केही स्थानमा आज भारी वर्षाको सम्भावना

विराटनगर । कोशी प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ । कोशीसहित मधेश, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको विभागले जनाएको छ । देशभर साधारणतया बदली रही गण्डकी, कोशी, वाग्मती लुम्बिनी, मधेश, कर्णाली...
सुनसरीमा सवारी दुर्घटनाः दुईजनाको मृत्यु

सुनसरीमा सवारी दुर्घटनाः दुईजनाको मृत्यु

सुनसरी । सुनसरीका बेग्लाबेग्लै स्थानमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्युु भएको छ । कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार हिजो साँझ भएका दुर्घटनामा मृत्यु हुनेमा एकजना महिला छिन् । हरिनगरा गाउँपालिका–२ स्थित हुलाकी सडकमा भुटाहाबाट हरिनगरा जाँदै गरेको बीआर ३८ एक्स ८२४७ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा स्थानीय ५० वर्षीया दुखनीदेवी दासको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करले गम्भ...
महिलालाई कुवेत लगेर यौन शोषण गराएको आरोपमा मोरङको रंगेलीका पुरुष पक्राउ

महिलालाई कुवेत लगेर यौन शोषण गराएको आरोपमा मोरङको रंगेलीका पुरुष पक्राउ

विराटनगर । भिजिट भिसामा एकजना महिलालाई कुवेत पुर्याएर शोषण गरेको आरोपमा प्रहरीले मोरङको रंगेली नगरपालिका–३ का ५७ वर्षीय झयन्द्रबहादुर अधिकारीलाई पक्राउ गरेको छ । मानव बेचबिखन गरेको आरोपमा उनलाई हिजो मानव बेचबिखन नियन्त्रण ब्युरो काठमाडौँको टोलीले ललितपुर महानगरपालिका–२४ मा पक्राउ गरेको हो । ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार उनले एक महिलालाई दुबईको कम्पनीमा काम लगाइदिने भन्दै भिजिट भ...
धनकुटामा ट्याक्टरले किच्दा एक जनाको मृत्यु

धनकुटामा ट्याक्टरले किच्दा एक जनाको मृत्यु

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–६ ठुलोगाउँमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ । छिन्ताङबाट हिलेतर्फ जाँदै गरेको प्र.१–०२–००३ त ५८३ नम्बरको ट्याक्टरले किचेको हो । दुर्घटनामा स्थानीय ४० वर्षीय बलिमान राईको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरमा सवार राई लड्दा सोही ट्याक्टरको चक्काले किचेर घटनास्थलमै उनको मृत्यु भएको हो । घटनापछि ट्याक्टर चालक दिपराज राईलाई प्रहरीले नियन्त्रणम...
विराटनगरमा प्रहरीको गाडी दुर्घटना हुँदा ३० जना घाइते

विराटनगरमा प्रहरीको गाडी दुर्घटना हुँदा ३० जना घाइते

विराटनगर । विराटनगरमा प्रहरीको ‘टु टेन’ गाडी दुर्घटना भएको छ । आज साँझ विराटनगर महानगरपालिका–१५ भट्टीमोडमा गाडी दुर्घटना हुँदा ३० जना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये प्रहरी सहायक निरीक्षक योगेन्द्र मगर र प्रहरी जवान सञ्जय ओझाको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइते भएका प्रहरीहरूको कोशी, न्यूरो र नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भट्टीमोडस्थित टर्निङमा स्कुल बसलाई जोगाउन खोज...
कुटपिटबाट सुनसरीको बराहक्षेत्रका बालकको मृत्यु

कुटपिटबाट सुनसरीको बराहक्षेत्रका बालकको मृत्यु

सुनसरी । सुनको मुन्द्री खोस्ने प्रयासमा कुटपिट हुँदा सुनसरीको बराहक्षेत्र नगरपालिका–३ का एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार स्थानीय ४५ वर्षीय वीरबहादुर विश्वकर्माले कुटपिट गर्दा बिक्रम बिकका ६ वर्षीय छोरा अबि बिकको हिजो साँझ मृत्यु भएको हो । मादक पदार्थ सेवन गरेका वीरबहादुरले ती बालकले कानमा लगाएको सुनको मुन्द्री तानेर आफूले लिने प्रयास गरेका थिए । त्यस क्रममा बालकले नमान्दा उनले निर्घ...
कुकुर मारेको निहुँमा बुवाको हत्या गर्ने पक्राउ

कुकुर मारेको निहुँमा बुवाको हत्या गर्ने पक्राउ

नवलपरासी । आफूले पालेको कुकुरलाई मारेको भन्दै एक युवकले आफनै बुवाको हत्या गरेका छन् । कावासोतीका निराजन कुमालले आफ्ना बुवा प्रेम कुमालको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज बिहान कावासोती नगरपालिका–५ ठकुरीचोकमा कुकुरलाई मारेको विषयमा उनीहरुबीच झगडा भएको थियो । कुकुरलाई किन हिर्काएर मारेको भन्दै ती युवकले बुवालाई ढुगा प्रहार गरेका थिए । ढुंगा प्रहारबाट ४३ वर्षीय प्रेमको घटनास्थलम...
झापामा मोटरसाइकल जुध्दा एक जनाको मृत्यु   

झापामा मोटरसाइकल जुध्दा एक जनाको मृत्यु   

झापा । झापाको गौरादहमा हिजो साँझ भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । गौरादह नगरपालिका–१ सितापुरी चोकमा भएको दुर्घटनामा २४ वर्षीय सन्जोक भण्डारीको मृत्यु भएको हो । प्रहरीका अनुसार बा ७० प १८४ नम्बरको मोटरसाइकल र मे ६ प ५८१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । एउटा मोटरसाइकलका चालक भण्डारी र अर्कोका २८ वर्षीय दुर्गा ताजपुरिया घाइते भएका थिए । दुवैलाई उपचारका लागि निम्स अस्पताल दमकमा...
आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

विराटनगर । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि क...
कक्षा १२ को परीक्षाफल साउन तेस्रो साता

कक्षा १२ को परीक्षाफल साउन तेस्रो साता

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा साउन तेस्रो सातासम्ममा सार्वजनिक गर्ने जनाएको छ । उत्तरपुस्तिका परीक्षणको काम सकेर नतिजा प्रकाशित गर्ने तयारी भइरहेको बोर्डले जनाएको हो । बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार देशभरबाट उत्तरपुस्तिका परीक्षण भएर आइसकेको बताएका छन् । त्यसलाई रुजु र इन्ट्री गर्दै नतिजा तयार पार्ने काम भइरहेको जनाइएको छ । गत वैशाख १४ गतेबाट स...
विराटनगरको केसलिया खोलामा मोटरबोट परीक्षण

विराटनगरको केसलिया खोलामा मोटरबोट परीक्षण

विराटनगर । विराटनगर महानगरपालिकाले केसलिया खोलामा मोटरबोटको परीक्षण गरेको छ । बाढी र डुबानका समयमा उद्धारका लागि महानगरले ९ लाख ७५ हजारमा खरिद गरेको मोटरबोटको आज परीक्षण गरिएको हो । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीलाई मोटरबोटमा राखेर नगर प्रहरीले परीक्षण गरेका थिए । वर्षाको समयमा बाढी र डुबानमा फसेका नागरिकलाई उद्धारमा सहज हुने मेयर नाग...
खोटाङमा ट्याक्टर दुर्घटनाः एकजनाको मृत्यु

खोटाङमा ट्याक्टर दुर्घटनाः एकजनाको मृत्यु

खोटाङ । भोजपुरबाट खोटाङको दिक्तेल जिल्लामा ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रदेश २–०१–००१ त २०१५ नम्बरको ट्र्याक्टर साकेला गाउँपाालिका–१ मा आज अपराह्न दुर्घटना हुँदा त्यसमा सवार स्थानीय २१ वर्षीय जीवन देउजाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरका सहचालक घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनालगत्तै ट्याक्टर चालक फरा...
संखुवासभामा पहिरोले पुर्दा सासू-बुहारीको मृत्यु

संखुवासभामा पहिरोले पुर्दा सासू-बुहारीको मृत्यु

संखुवासभा । संखुवासभामा पहिरोले पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको हो । मोतिमाया र समीक्षा सासु-बुहारी हुन् । उनीहरूलाई पहिरोसँगै खसेको ढुङ्गाले किचेको हो ।  घटनामा परी २९ वर्षीया रविना राई गम्भीर घाइते भएकी छिन् । उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ...
विपद्का घटनामा परी कोशी प्रदेशमा एक महिनामा २० जनाको मृत्यु

विपद्का घटनामा परी कोशी प्रदेशमा एक महिनामा २० जनाको मृत्यु

विराटनगर । कोशी प्रदेशमा विपद्का घटनामा परी २० जनाको मृत्यु भएको छ । गत जेठ २८ गतेदेखि सोमबार दिउँसोसम्म बाढी, पहिरो लगायतमा परी २० जनाको मृत्यु भएको हो । ३१ जना घाइते भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार अविरल वर्षाका कारण उत्पन्न विपद्का घटनामा परी देशभर मृत्यु हुनेको सङ्ख्या १ सय ३१ पुगेको छ । बाढी, पहिरो लगायत विपद्मा परी काठमाडौँ उपत्यकामा २ जना, कोशी प्रदेशमा २० जना, मधे...
सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

विराटनगर । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो । आज सुन तोलाको एक लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो एक लाख ४६ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जन...
ओली प्रधानमन्त्री भएपछि झापामा दीप प्रज्वलन गरेर मनाइयो खुशियाली

ओली प्रधानमन्त्री भएपछि झापामा दीप प्रज्वलन गरेर मनाइयो खुशियाली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि उनको गृहजिल्ला झापामा आज दीप प्रज्वलन गरेर खुशियाली मनाइएको छ । एमाले, काँग्रेस लगायत दलका नेता कार्यकर्ता तथा स्थानीयवासीले साँझ दमकको गणतन्त्र चोकमा दीप प्रज्वलन गरेका हुन् । आइतबार प्रधानमन्त्री नियुक्त भएका ओलीले आज सपथ ग्रहणपछि जिम्मेवारी सम्हालेका छन् । चौथो पटक प्रधानमन्त्री भएका ओली मुलुकको ४५ औं प्रधानमन्त्री बनेका हुन् । ...
पेट्रोलियम पदार्थको मूल्यवृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

विराटनगर । पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो । बढेको मूल्य सोमबार राति १२ बजेबाट लागू हुनेछ । विराटनगर, चारआली, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज आसपास क्षेत्रमा अब पेट्रोलको मूल्य प्रतिलिटर १६८ पर्नेछ । सुर्खेत र दाङ वरपर १७० तथा काठमाडौं, पोखरा र दिपायल ...
धनकुटाबाट जोगवनी लैजाँदै गरेको गाँजा विराटनगरमा समातियो, तीन जना पक्राउ

धनकुटाबाट जोगवनी लैजाँदै गरेको गाँजा विराटनगरमा समातियो, तीन जना पक्राउ

विराटनगर । प्रहरीले विराटनगरबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । विराटनगर महानगरपालिका-४, इक्राहीबाट १०१ किलो गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । कारमा राखेर गाँजा ल्याइँदै गरेको सुराकी पाएपछि आइतबार जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटिएको थियो । धनकुटाबाट बा.६ च.४६८९ नम्बरको कारको डिकीमा राखेर ल्याउँदै गरेको अवस्थामा गाँजा फेला परेको मोरङका प्रहरी प्रवक्ता डीएसपी ज्ञान...
प्रधानमन्त्री ओलीले बनाए २२ सदस्यीय मन्त्रीमण्डल, कसलाई कुन मन्त्रालय ?

प्रधानमन्त्री ओलीले बनाए २२ सदस्यीय मन्त्रीमण्डल, कसलाई कुन मन्त्रालय ?

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रीपरिषद् बनाएका छन् । आइतबार साँझ प्रधानमन्त्री नियुक्त भएका ओलीले आज राष्ट्रपति कार्यालय सितल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीसहित मन्त्रीहरुलाई सपथ ग्रहण गराएका हुन् । कसलाई कुन मन्त्रालयको जिम्मेवारी ? प्रकाशमान सिंह: उपप्रधान तथा सहरी विकास विष्णु पौडेल: उपप...
प्रधानमन्त्री ओलीले लिए सपथ

प्रधानमन्त्री ओलीले लिए सपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय सितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई सपथ ग्रहण गराएका हुन् ।  राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई आइतबार साँझ प्रधानमन्त्री नियुक्त गरेका थिए । काँग्रेस र एमालेले सरकार सञ्चालनका लागि गठबन्धन गरेपछि ओली प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ...
त्रिशूलीमा बेपत्ता भएकामध्ये ११ जनाको शव भेटियो, खोजी जारी

त्रिशूलीमा बेपत्ता भएकामध्ये ११ जनाको शव भेटियो, खोजी जारी

चितवन । पहिरोका कारण बससहित त्रिशूली नदीमा बेपत्ता भएका यात्रुमध्ये आज बिहानसम्म ११ जनाको शव भेटिएको छ । चितवन, नवलपरासीको गैँडाकोट, त्रिवेणीको सुस्ता र गण्डक नहरमा ती शव भेटिएका हुन् । गत शुक्रबार पहिरोसँगै दुईवटा बस त्रिशूलीमा खस्दा ६५ जना बेपत्ता भएको अनुमान गरिएको छ । तिनैमध्ये ११ जनाको शव फेला परेको हो । तीनजना भो पौडिएर बाँच्न सफल भएका थिए । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार फेला पर...
error: Content is protected !!