संगालोखबर

इटहरी । इटहरीमा चक्कु देखाएर लुटपाट गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको छ । लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको हो ।

Advertisement

रामधुनी ३ का २२ वर्षीय अनिष कोइराला, १९ वर्षीय सुसन तामाङ, १८ वर्षीय सुनील बस्नेत, १८ वर्षीय निश्चल बस्नेत, रामधुनी ७ का १८ वर्षीय साकार भण्डारी, इटहरी ४ का २४ वर्षीय विशाल तामाङ र इटहरी १६ का १८ वर्षीय रिचन खत्री पक्राउ परेका हुन् ।

उनीहरूलाई टेङ्ग्रा खोला क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरूको साथबाट नगद ३० हजार २ सय ५५, एक थान चक्कु र ओकेटोके हेन्ड सेट दुई थान बरामद भएको छ  । इटहरी ३ तालतलैया नजिक गत मङ्गलबार बाटो छेकेर चक्कु देखाई दुई लाख नगद लुटपाट गरिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!