संगालोखबर

विराटनगर । विराटनगरमा आगामी असोज १७ गतेदेखि ‘विराट सडक महोत्सव’ हुने भएको छ । मन्जिना मुभिज क्रियसन प्रालिको आयोजनामा असोज २३ गतेसम्म हिमालय रोडमा महोत्सव हुन लागेको हो । 

Advertisement

विराटनगरको ऐतिहासिकता तथा सांस्कृतिक सभ्यतालाई जीवन्त राख्दै नयाँ पिँढीमा समेत पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजक मन्जिना मुभिज क्रियसन प्रालिका अध्यक्ष जतिन ताम्राकारले जानकारी दिए । 

विभिन्न जातिका खानाका ३० वटा स्टल रहने र आफ्नै संस्कृति, परम्पराको प्रबर्द्धन गर्दै दैनिक साङ्गितिक कार्यक्रम समेत गरिने आयोजकले जनाएको छ ।   

महोत्सवमा १५ लाख खर्च हुने अनुमान गरिएको अध्यक्ष ताम्राकारले जानकारी दिए । विगत चार वर्षदेखि निरन्तर महोत्सवको आयोजना गरिरहेको उनको भनाइ छ । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!