संगालोखबर

विराटनगर । विराटनगर महानगरपालिका-३ स्थित पोखरिया माध्यमिक विद्यालयकी एक छात्रा स्कुलको दुई तले भवन माथिबाट खसेर घाइते भएकी छन् । कक्षा १० मा अध्ययनरत १६ वर्षीया सङ्गीता मुर्मु आज दिउँसो करिब ३ बजे स्कुलको दोस्रो तलाबाट भुइँमा झर्दा घाइते भएकी हुन् ।

Advertisement

घाइते मुर्मुको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । मानसिक तनावमा रहेका कारण उनले अरुको आँखा छलेर आफै हामफालेको विद्यालयका शिक्षकहरू बताउँछन् । कक्षा १० का विद्यार्थीहरूलाई आज शिक्षा सम्बद्ध नाटक देखाउन झोराहाटस्थित नाटक घर लगिएको थियो । उनीसहित तीन जना छात्राहरू विद्यालयमै बसेका थिए ।

सोही क्रममा उनले साथी र शिक्षकहरूको आँखा छलेर हामफालेको विद्यालय स्रोतले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!