संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । कोशी प्रदेशका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित ६ जना पक्राउ परेका छन् । बिहीबार लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाबाट चार जनालाई पक्राउ गरेको छ भने भोजपुर र इलामबाट पनि एक/एक जना पक्राउ परेका छन् ।

मेचीनगर-६ बाट भारत वेष्टबंगालका २२ वर्षीय मनोज शर्मालाई १ ग्राम ब्राउन सुगरसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

Advertisement

मोरङ बेलबारी नगरपालिका-४ का २८ वर्षीय बिरेन लोवालाई १० ग्राम, दमक नगरपालिका-९ का २४ वर्षीय तिलक मङ्ग्रातीलाई १ ग्राम र सप्तरी सुरुङ्गा नगरपालिका-१ का २२ वर्षीय एलन बिष्टलाई ६ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी भोजपुर अरुण गाउँपालिका स्थित प्रहरी चौकी प्याउलीबाट खटिएको टोलीले भोजपुर नगरपालिका-९ का ३१ वर्षीय जसिन राईलाई पक्राउ गरेको हो । उनलाई चेकजाँचका क्रममा ३ ग्राम ७६ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलामको प्रहरी चौकी दानाबारीले माई नगरपालिका-१ का ३५ वर्षीय तिर्थ गिरीलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो । उनलाई १ ग्राम ८२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!