संगालोखबर

विराटनगर । विराटनगरमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूले तिज मनाएका छन् । बिहीबार विभिन्न कार्यक्रमको आयोजना गरेर उनीहरूले तिज मनाएका हुन् ।

Advertisement

एक दर्जन भन्दाबढी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरू कार्यक्रममा उपस्थित थिए । नायक किनर समाजकी अध्यक्ष सल्मा बेगमको नेतृत्वमा तिज विशेष सांस्कृतिक कार्यक्रम भएको थियो ।

वेगमले भनिन्, ‘लैङ्गिक अल्पसङ्ख्यकलाई समाजबाट अपहेलित छौं भन्ने छाप नपरोस् भनेर कार्यक्रम आयोजना गरिएको हो ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!