संगालोखबर


विराटनगर । सुनको मूल्यमा फेरी नयाँ रेकर्ड कायम भएको छ । आज तोलामा एक हजार तीन सय रुपैयाँ बढेर सुनको मूल्य अहिलेसम्मकै धेरै भएको हो ।

सोमवारदेखि स्थित रहेको सुनको मूल्य आज तोलामा एक लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Advertisement

यसअघि गत भदौ १३ गते सुन तोलामा एक लाख ५३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि ३० रुपैयाँ बढेको छ । बिहीबार तोलामा एक हजार सात सय ६५ रुपैयाँ कारोबार भएको चाँदी आज बढेर एक हजार सात सय ९५ रुपैयाँ पुगेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!