संगालोखबर

विराटनगर । भगवान शिव-पार्वतीको विशेष पूजा आराधना गरेर आज हरितालिका तिज पर्व मनाइदैछ । व्रत बसेर विशेष पूजा आराधना गर्दा मनोकामना पुरा हुने, परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वासका साथ हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन तिज मनाउने गरिन्छ ।

Advertisement

सत्य युगमा आजकै दिन पार्वतीले निराहार व्रत बसेर महादेव स्वामी पाएको कथन छ । श्रीस्वस्थानीमा पनि यो कथाको व्याख्या गरिएको छ । आज निराहार व्रत बसेर विधिपूर्वक शिवपार्वतीको पुजा गर्दा मनोकामना पुरा हुने धार्मिक विश्वास रहेकाले बिहानैदेखि देशभरका शिवालयहरूमा श्रद्धालु भक्तजनको भीड लागेको छ । विभिन्न स्थानमा तिज विशेष कार्यक्रम पनि हुँदैछन् ।

यसअघि पनि ठाउँठाउँमा तिज विशेष विभिन्न कार्यक्रम भएका छन् । पहिले तिजको अघिल्लो दिन रातीमात्र दर खाने चलन थियो । तर, पछिल्लो समय धेरै दिन अघिदेखि दर खाएर तडकभडकयुक्त तीज मनाउँने क्रम बढिरहेको छ । मुख्यगरी नारीहरूले तीज पर्वलाई विशेष महत्वसाथ मनाउने गर्छन् । कतिपय पुरुषहरू पनि व्रत बस्ने चलन छ ।

निराहार, जलाहार र फलाहार गरी तीन किसिमबाट व्रत बस्ने गरिन्छ । स्वास्थ्यमा समस्या हुनेले स्याउ, सुन्तला, केरा, गहुँको रोटी, मकैको रोटी लगायत फलाहार खाएर पनि व्रत बस्न मिल्ने धर्मशास्त्रका जानकारहरूको भनाई छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!