संगालोखबर

सुनसरी । गढी गाउँपालिका–२ भमरी चोकमा भएको दुर्घटनामा एक बालकको गएराति मृत्यु भएको छ । इनरुवा–दुहबी भित्री पक्की सडक खण्डमा को २ ह १८३७ नम्बरको टेम्पोले ठक्कर दिँदा स्थानीय प्रमोद साह हलुवाईका चार वर्षीय छोरा प्रमनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

ठक्करले गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरस्थित विराट अस्पतालमा मृत्यु भएको हो । टेम्पो चालक स्थानीय रामकुमार हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!