संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । विराटनगर-१५ स्थित रानीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार बिहानको राति भएको दुर्घटनामा विराटनगर-१ स्थित परोपकार घाट विजयपुर टोलका २० वर्षीय सुशील कामतको मृत्यु भएको हो ।

तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटनामा गम्भिर घाइते भएका कामतको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । भट्टीमोडबाट जोगवनी तर्फ गइरहेको को २१ प ८९६२ नम्बरको मोटरसाइकल सीमा प्रहरी चौकी रानी अगाडि दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा गम्भिर घाइते भएका कामतको उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!