संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । विराटनगर-४ स्थित औषधी विभाग छेउमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बिहीबार साँझ प्र १-०२-०४७ प ८६८६ नम्बरको मोटरसाइलक आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोरङको बेलबारी-८ बस्ने २३ वर्षका विवेक कुमार मुखिया र सोही स्थानका २५ वर्षका मनकुमार तामाङ घाइते भएका हुन् । मुखियाको टाउकोलगायत शरिरको बिभिन्न भागमा चोट लागेको साथै तामाङको अनुहारसहित शरिरको बिभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।  

Advertisement

उनीहरूको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल प्रहरी चौकी बरगाछीको नियन्त्रणमा रहेको छ । तीव्रगतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!