
विराटनगर । अविरल वर्षाका कारण धनकुटाको त्रिवेणीस्थित तमोर नदी र सुनसरीको चतरास्थित सप्तकोसी नदीमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज अपराह्न ३ः५० बजे धनकुटाको त्रिवेणीस्थित तमोर नदीको जलसतह ९.०८ मिटर पुगेको हो ।
तमोरमा ९ मिटरलाई सतर्कता तह मानिने भएकाले नदीले खतराको संकेत पार गर्ने सम्भावना बढेको छ । सुनसरीको चतरास्थित सप्तकोसी नदीमा पनि जलसतह ६.२८ मिटर पुगेको छ ।
सप्तकोसीमा जलसतह ६ मिटरलाई सतर्कता तह मानिन्छ भने ७ मिटरलाई खतराको तह मानिन्छ । तमोर र सप्तकोसी दुवै नदीमा जलसतह बढिरहेकाले तटीय आसपासका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
काभ्रेपलाञ्चोकस्थित रोसी खोलामा पनि जलसतह ४.४२ मिटर पुगेको छ । कास्कीको मर्दी खोला र नुवाकोटको त्रिशूली खोलामा समेत जलसतह सतर्कता तह नाघेको महाशाखाले जनाएको छ ।


संगालोखबर 

















