संगालोखबर


भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका स्थानीय निगुरो बेचेर आयआर्जन गर्न थालेका छन् । जेठ, असारदेखि कात्तिक, मंसिर महिनासम्म सङ्कलन गर्न सकिने निगुरो सहजै बिक्री हुन थालेपछी स्थानीय आयआर्जनसँग जोडिएका हुन् ।

सडकको पँहुच पुगेपछि निगुरो सङ्कलन गरेर बिक्री गर्न सहज भएको स्थानीय बताउँछन् । त्यसै खेर जाने निगुरो सहर बजारमा निर्यात हुन थालेपछी आयआर्जनको बाटो बनेको टेम्केमैयुङ गाउँपालिका-५ का रमेश विष्टले बताए ।

Advertisement

वनजंगल र खोल्साखाल्सीमा पाइने निगुरो सङ्कलन गरेर स्थानीयले ३० देखि ४० रुपैयाँ प्रतिकेजीमा बिक्री गरिरहेका छन् । सो स्थानमा सङ्कलित निगुरो धरान, इटहरी, विराटनगर, काठमाडौंलगायतका स्थानमा पुग्ने गरेको छ ।

ग्रामीण क्षेत्रमा सडक विस्तार भएसँगै स्थानीय उत्पादनलाई सहजै अन्य स्थानमा लग्न सहज भएको विष्ट बताउँछन् । सिजनमा निगुरो बेचेर घरखर्च चलाउने अवस्था बनेको उनको भनाइ छ ।

सो स्थानमा एक जना कृषकले दैनिक ४० केजीसम्म निगुरो सङ्कलन गरेर बिक्री गर्दै आएका छन् । विशेषगरी पात भएकोभन्दा डाँठ मात्र भएको निगुरोले राम्रो मूल्य पाउने गरेको स्थानीय लालबहादुर विष्टले बताए ।

निगुरो निर्यात हुन थालेपछी गाउँपालिकाले पनि उत्पादन र बजारीकरणका लागि आवश्यक पहल गर्ने जनाएको छ । गाउँपालिकाका धेरै स्थानमा निगुरो पाइने भएकाले स्थानीयका लागि आयआर्जनको उपयुक्त माध्यम हुने टेम्केमैयुङ गाउँपालिका उपाध्यक्ष रमादेवी राई बताउँछिन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!