संगालोखबर

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा खुला सामूहिक लोक गीत प्रतियोगिता गरिएको छ । तीज पर्वको अवसर पारेर चौबिसे गाउँपालिकाले प्रतियोगिता आयोजना गरेको हो ।

Advertisement

प्रतियोगितामा वडा नं. ६ को टिम प्रथम भएको छ । वडा नं.७ दोस्रो, वडा नं.३ तेस्रो र वडा नं.४ को टिमले सान्त्वना स्थान हासिल गरेको छ । उनीहरूलाई क्रमशः ५ हजार, ४ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङ, उपाध्यक्ष टंकमाया पाङ्गमी, प्रमुख प्रशासकीय अधिकृत पर्शुराम दाहाल लगायतले पुरस्कार प्रदान गरेका छन् ।

महिलाहरूमा लुकेको प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले तिजको अवसर पारेर प्रतियोगिता गरिएको गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङले जानकारी दिए ।

वडागत रुपमा सहभागि भएका प्रतियोगीहरूले चौबिसेसँग सम्बन्धित गीत आफैले सृजना गरेर गाएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!