संगालोखबर
साङ्केतिक तस्वीर

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । भदौ २४ गते सहिदभूमि गाउँपालिका वडा नं.१ स्थित धाप स्वास्थ्य चौकीमा शिविर सञ्चालन गर्न लागिएको हो ।

अपाङ्गता भएका व्यक्तिहरूलाई गाउँमै सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउँने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए । उनका अनुसार अपाङ्गता भएका व्यक्तिहरूलाई सोही शिविरबाट अपाङ्गता परिचयपत्र निर्माणमा पनि सहजिकरण गरिनेछ ।

Advertisement

गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत नविन कार्कीले आज सूचना जारी गरेर अपाङ्गता परिचय पत्रका लागि आवश्यक कागजातसमेत लिएर आउन आग्रह गरेका छन् ।

नागरिकताको प्रमाण पत्र र चार प्रति पासपोर्ट साइजको फोटो लिएर आउँन भनिएको छ । नागरिकता नबनाएको भए परिचय खुल्ने अन्य कागजात वा जन्मदर्ता, पहिले परिचयपत्र लिएको भए सो परिचयपत्र पनि लिएर आउँन आग्रह गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!