संगालोखबर

धनकुटा । धनकुटाको सिधुवाबाट प्रहरीले आज साँझ लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । सिधुवा बजारको एक चिया पसलबाट साँझ करिब ५ः३० बजे एक महिलासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Advertisement

पक्राउ पर्नेमा छथरजोरपाटी गाउँपालिका-५ का २२ वर्षीय लक्षु शेर्पा, मोरङको सुन्दरहरैचा नगरपालिका-८ का २१ वर्षीय प्रवेश लिम्बू र सुन्दरहरैंचा-९ की २० वर्षीया सलिना क्षेत्री छन् । शङ्का लागेर चेकजाँच गर्दा साथबाट लागूऔषध ट्रामाडोल ६५ र डेकोलिक ७६ गोटी फेला परेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । उनीहरूको कारोबारका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!