संगालोखबर

झापा ।  यातायात व्यवस्था कार्यालय झापाले १९ हजार बढी सवारी चालक अनुमतिपत्र वितरण गरेको छ । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा १९ हजार ९ सय २० सवारी चालक अनुमतिपत्र वितरण गरिएको हो । 

Advertisement

यसैगरी कार्यालयले सवारी जाँचपास ११ हजार चार सय ४१ र रुट अनुमति पाँच सय ३४ दिएको थियो । गत आव २०८०/८१ मा सबैभन्दा धेरै ७ हजार ६ सय १५ मोटरसाइकल दर्ता भएका कार्यालयले जनाएको छ । 

यसैगरी १ हजार ७ सय ५ इ–रिक्सा दर्ता भएको यातायात व्यवस्था कार्यालय झापाका निमित्त कार्यालय प्रमुख गोपिचन्द्र बोहराले जानकारी दिए ।  

बस एक सय ५६, मिनिबस १०, माइक्रोबस १८, जिप एक सय ६०, कार दुई सय ७०, भ्यान एक सय ३६, पिकअप एक सय २९, ट्रयाक्टर एक सय ४५, ट्रक ७८, मिनिट्रक १४ र टिपर १४ वटा दर्ता भएका उनले बताए । 

दर्ता भएका जम्मा सवारीमध्ये एक हजार दुई सय ५७ सार्वजनिक, नौ हजार चार सय ४९ निजी, ११ सरकारी, १३ लिलाम दर्ताका र एक हजार नौ सय ७५ सवारी सरुवा दर्ताअन्तर्गत रहेको जनाइएको छ ।

यसैगरी यातायात व्यवस्था कार्यालय झापाको राजश्व सङ्कलन पनि वृद्धि भएको छ । कार्यालयले आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा पाँच करोड १४ लाख ७९ हजार पाँच सय ६६ रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ । 

कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा ९३ करोड २१ लाख ६६ हजार आठ सय १३ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । निमित्त प्रमुख बोहराका अनुसार आव २०७९/८० मा ८८ करोड छ लाख ८७ हजार दुई सय ४७ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । गत आव २०८०/८१ मा २० हजार ६३ सवारी दर्ता भएका उनले बताए । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!