संगालोखबर

सुनसरी । धरानमा अचेत अवस्थामा भेटिएका एकजना पुरुषको मृत्यु भएको छ । आज बिहान धरान–१५ बरगाछीबाट श्याम चोक जाने बाटोमा रहेको रूखमुनि उनी अचेत अवस्थामा भेटिएका थिए ।

Advertisement

स्थानीय बासिन्दाले खबर गरेपछि प्रहरीले उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएको थियो । अन्दाजी ३५ वर्षीय ती पुरुषको उपचारका क्रममा दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको पहिचान खुल्न सकेको छैन । रातो र सेतो रङ मिसिएको हाफ सर्ट र कालो जिन्सको पाइन्ट लगाएका उनी मङ्गोल अनुहारको छन् । उनको बारेमा कुनै पहिचान वा जानकारी भए उपलब्ध गराउन प्रहरीले आग्रह गरेको छ । कसैसँग केही जानकारी भए इलाका प्रहरी कार्यालय धरानको फोन नम्बर ९८५२०९०१२६ मा सूचित गर्न आग्रह गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!