संगालोखबर

धनकुटा । युवाकवि मोतीराम भट्टको १५९ औं जन्मजयन्तीको अवसरमा धनकुटामा विद्यालय स्तरीय कविता प्रतियोगिता आयोजना गरियो । प्रतियोगितामा भाषा मावि धनकुटाको कक्षा १२ की छात्रा कञ्चन बस्नेत प्रथम भइन् ।

Advertisement

प्रतियोगितामा छात्रा आषिका राई दोस्रो र नितु शाहीले तेस्रो स्थान हासिल गरिन् । उनीहरूलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ, जिल्ला शिक्षा तथा समन्वय इकाई धनकुटाका प्रमुख मोहन राई, विद्यालयका प्रधानाध्यपक गोविन्द राई, माछापुच्छ्रे बैङ्क लिमिटेड प्रमुख भुवन न्यौपाने लगायतले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तामाङले यस्ता साहित्यिक क्रियाकलापले विद्यार्थीमा ऊर्जा थपिने हुँदा यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।

सोही अवसरमा विद्यालयमा आयोजित कविता वाचन कार्यक्रममा जिल्लाका १९ जनाभन्दा कविहरूले कविता प्रस्तुत गरेका थिए । कविहरूले आफूले भोगेका पीडा, दुःख, कष्ट, देखेका, सुनेका र भोग्दै आएका पीडालाई कवितामा प्रस्तुत गरेका थिए ।

माच्छापुच्छ्रे बैङ्क लिमिटेड धनकुटाको सहयोग र भाषा माविको आयोजनामा कविता प्रतियोगिता भएको हो ।

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!