संगालोखबर

विराटनगर । मोरङको सुन्दरहरैँचाकी अस्मिता पौडेल कार्कीले छोरीहरूलाई विष खुवाएर मारेको स्वीकार गरेकी छन् । सुन्दरहरैँचा-७ स्थित केराघारीमा छोरीहरू एक वर्षीया आइङ्का र तीन वर्षकी अर्पना मृत फेला परेको चार दिनपछि आज बिहान पक्राउ परेकी उनले विष खुवाएर हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेकी हुन् । 

Advertisement

झापाको बिर्तामोडबाट पक्राउ गरेर ल्याइएकी अस्मितालाई जिल्ला प्रहरी कार्यालय मोरङले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । निर्माणाधीन घरमा पानी लगाउने विषयमा श्रीमान अर्जुन कार्कीसँग विवाद भएपछि दुई छोरी लिएर अस्मिता गत शुक्रबार घरबाट निस्किएकी थिइन् । 

उनले सोही दिन छोरीहरूलाई विष खुवाएर आफूले पनि विष सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार श्रीमान श्रीमतीबीच बारम्बार घरायसी झगडा हुने गरेको समेत खुलेको छ । मोरङ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ । धनकुटाको पाख्रिबास नगरपालिका-५ घर भएका उनीहरू सुन्दरहरैँचा नगरपालिका-७ स्थित मालती टोलमा बस्दै आएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!