संगालोखबर

संखुवासभा । संखुवासभाको मादी नगरपालिका-९ फाविङमा बसको ढोकाबाट खस्दा एक जनाको मृत्यु  भएको छ । ओखरबोटेबाट फाविङतर्फ जाँदै गरेको को.१ ख ५१४१ नम्बरको बसबाट खस्दा स्थानीय ३२ वर्षीय भक्तबहादुर तामाङको मृत्यु भएको हो ।

Advertisement

बसमा यात्रा गरिरहेका तामाङ ढोकाबाट खसेपछि सोही बसको पछाडिको चक्काले उनलाई किचेको थियो । गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि मादी नगर अस्पताल लगिएको थियो । बिहीबार साँझ करिब ७ बजे दुर्घटनामा परेका तामाङको उपचारका क्रममा राती १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । 

घटनापछि बस र चालक सुनसरीको धरान उपमहानगरपालिका–८ का ३८ वर्षीय सविन लिम्बूलाई इलाका प्रहरी कार्यालय चैनपुरले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!