संगालोखबर
झडप साम्य भएपछि पुनः निर्वाचन हुँदै

विराटनगर । विराटनगर महानगरपालिका-६ मा नेपाली काँग्रेसको नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनका क्रममा दुई पक्षबीच झडप भएको छ । आज निर्वाचनका क्रममा विवाद भएपछि दुई पक्षबीच झडप भएको हो ।

वडा नम्बर ६ का सभापतिका उम्मेदवार रामकुमार ढकाल र प्रकाश मण्डल ‘भोला’ को समूहबीच झडप भएको त्यहाँ रहेका काँग्रेस नेताले बताए । विराटनगर-६ केसलिया रोडमा रहेको बलभद्र सेवा समितिमा निर्वाचन भइरहेका बेला झडप हुँदा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी श्रोतका अनुसार इर्साद अहमदलाई प्रहरीले नियन्त्रणमा लिएको हो । झडपका कारण केहीबेर निर्वाचन प्रक्रिया अवरोध भएको थियो । अहिले अवस्था सामान्य भएको र निर्वाचन भइरहेको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

दुईपक्षबीच एक-आपसममा विवाद हुँदा झडपको अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ । पुनः विवादको अवस्था सिर्जना हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा निगरानी बढाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!