संगालोखबर

विराटनगर । विराटनगरमा विद्यार्थीहरूको सहभागितामा मानव बेचबिखनका विषयमा अन्तरक्रिया भएको छ । मानव बेचबिखनविरुद्धको अठारौँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा वडा नम्बर १० ले विद्यार्थीहरूलाई राखेर कार्यक्रम गरेको हो ।

Advertisement

वडाध्यक्ष अर्जुन गिरीले मानव बेचबिखन विश्वमै चुनौतीका रूपमा रहेको बताए । ‘नेपालमा पछिल्लो समय मानव बेचबिखनका घटना बढिरहेका छन्, उनले भने, ‘गरिबी, बेरोजगारी समस्या, पारिवारिक कलहलगायतका कारण मानव बेचबिखन बढिरहेको छ ।’

वडाध्यक्ष गिरीले मानव तस्करहरूले विभिन्न प्रलोभनमा पार्ने भएकाले सचेत हुनुपर्नेमा जोड दिए । फरेन नेपालका सचिव खिला निरौलाले मानव बेचबिखनविरुद्ध विद्यार्थी तथा बालबालिकाहरू सचेत हुनुपर्ने बताए ।

मानव तस्करहरूको शिकारमा सबैभन्दा बढी बालबालिका पर्ने गरेका उनले उल्लेख गरे । उनले बेलाबेलामा विद्यालयहरूमा सचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको औंल्याए । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!