संगालोखबर


विराटनगर । जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत प्रहरी निरीक्षक दिवस रिमाल भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विभागीय मूल्यमान्यता पालना गर्दैै उच्च मनोबलका साथ काम गरेको भन्दै रिमाललाई सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो ।

प्रहरी निरीक्षक रिमालले भदौ ५ गते इलाम नगरपालिका-७ कुलधारास्थित कुवेर प्रसाद शर्माको घरमा रहेको सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा अचेत भएका ४७ वर्षीय रामसी डोमलाई सकुशल उद्धार गरेका थिए ।

सेफ्टी ट्याङ्की भित्र अचेत अवस्थामा रहेको उनलाई रिमालले जोखिम मोलेर सकुशल उद्धार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको कोशी प्रदेश प्रहरी कार्यालयले उल्लेख गरेको छ ।

अनुशासित, व्यवसायिक र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लिन रही उच्च मनोबलका साथ आफ्नो कर्तव्य वहन गरी आम सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभुति गराउन उनले खेलेको भूमिकाको मूल्याङ्कन गर्दै सर्वोत्कृष्ट घोषणा गरिएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!