
विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ घटेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार छ सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ९९ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँ घटेकोको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला चार हजार छ सय २० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला चार हजार छ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 

















