संगालोखबर

विराटनगर । कोशी प्रदेशका वन रक्षक र लेखाका कर्मचारी पुनः आन्दोलित बनेका छन् । आफूहरूलाई मर्कामा पार्ने गरी प्रदेश निजामती कर्मचारी सेवा ऐन संशोधन विधेयक पारित गराउन खोजिएको भन्दै उनीहरूले मङ्गलबार कोशी प्रदेशसभा अगाडि धर्ना दिएका हुन् ।

Advertisement

गत असारमा भएको सहमति विपरित आफूहरूका माग हटाउन खोजिएकाले आन्दोलन गर्नुपरेको लेखाका कर्मचारीहरू बताउँछन् । सहमति अनुसार ल्याइएको संशोधन विधेयकमा सत्ता पक्षकै सांसदले संशोधन प्रस्ताव दर्ता गरेर आफूहरूको माग सम्बोधन हुने दफा हटाउन खोजिएको उनीहरूको गुनासो छ ।

सहमति गरेर आफैँले ल्याएको संशोधन विधेयकमाथि फेरि आफैँले अर्काे संशोधन गरेर हटाउनु बेइमानी भएको उनीहरूको तर्क छ । एकीकृत सरकारी कर्मचारी सङ्गठन कोशी प्रदेश अध्यक्ष योगेश्वर खनालका अनुसार वन रक्षकको विषयमा पनि संघीय कानून बाझिने गरी निजामती सेवा ऐन ल्याइएको छ । वनरक्षक र लेखाका कर्मचारीले यसअघि पनि लामो समय धर्ना र विरोधका कार्यक्रम गरेका थिए ।

सत्तापक्षले नै विधेयकलाई संशोधन गर्ने प्रयास गर्नु गलत भएको उनीहरूको तर्क छ । सत्तापक्षका केही सांसदहरूले भने वन रक्षक र लेखाका कर्मचारीलाई मान्य हुने गरी ऐन ल्याउँनुपर्नेमा जोड दिएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!