संगालोखबर

धनकुटा । नेपाल रेडक्रस सोसाइटीको ६२ औं स्थापना दिवसको अवसर पारेर आज बिहान जिल्ला अस्पताल धनकुटाका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ ।

Advertisement

रेडक्रस सोसाइटी जिल्ला शाखाले अस्पतालको इमर्जेन्सी र वार्डमा रहेका बिरामीहरूलाई फलफूल बितरण गरेको हो ।

रेडक्रसका कोशी प्रदेश सभापति नरेन्द्र पोख्रेल, जिल्ला सभापति छत्रकुमार श्रेष्ठ, रेडक्रसका मन्त्री रामकुमारी राई, उपसभापति ठगेन्द्र अधिकारी, कोषाध्यक्ष मुकुन्द भण्डारी लगायतले बिरामीहरूलाई फलफूल वितरण गरे ।

स्थापना दिवसमा सामाजिक काम गर्ने सोचले बिरामीलाई फलफूल वितरण गरिएको जिल्ला सभापति श्रेष्ठले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!