संगालोखबर

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार विकास निर्माणका काममा सबैभन्दा अगाडि रहेको बताएका छन् । बिहीबार विराटनगरमा आयोजित सङ्घीय शासन प्रणाली सबलीकरण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले विगत ३० वर्षमा हुन नसकेको काम सङ्घीयता आएपछि भएको दाबी गरे ।

Advertisement

‘प्रचार प्रसार गर्न नसक्दा हाम्रो बदनाम भएको छ । हामी माथि प्रहार भएको छ’, मुख्यमन्त्री कार्कीले भने । उनले ७ वर्षमै सङ्घीयता खारेजीको धारणा बनाउन नहुने तर्क प्रस्तुत गरे । केही अधिकारहरू प्रदेशलाई प्रत्यायोजन हुनै बाँकी रहेको अवस्थामा सङ्घीयता चाहिन्छ कि चाहिदैन भनेर जाँच्ने बेला नभएको उनले बताए ।

मुख्यमन्त्री कार्कीले सङ्घीय संरचनामा सबै भन्दा अब्बल प्रदेश सरकार रहेको उल्लेख गरे । उनले तथ्य नहेरी प्रदेश सरकारको काम छैन भन्ने जस्ता तथ्यहीन टिप्पणी हुने गरेको प्रति आपत्ति जनाए ।

मुख्यमन्त्री कार्कीले सङ्घीय सरकारको भन्दा स्तरीय बाटो, पुल लगायत बनाउने काम प्रदेश सरकारले गरिरहेको बताए । गएका ७ वर्षमा सबैभन्दा बढी सक्रिय भएर प्रदेश सरकारले नै विकास निर्माणको काम गरिरहेको र यसलाई महालेखा परीक्षकको प्रतिवेदनले पनि पुष्टि गर्ने उनले उल्लेख गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!