संगालोखबर

ताप्लेजुङ । ताप्लेजुङमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता आयोजना हुने भएको छ ।

Advertisement

तिम्बुङपोखरी संरक्षण समितिले बिहीबार पत्रकार सम्मेलन गरेर भदौ २६ गते प्रतियोगिता गर्न लागेको जनाएको हो । तिम्बुङ पोखरी क्षेत्रको प्रचार गर्नका लागि प्रतियोगिता गर्न लागिएको हो । 

४ हजार २ सयदेखि ४ हजार ३ सय ५० मिटर उचाइमा ८ किलोमिटर दौडको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

आयोजकले कालिखोलादेखि तिम्बुङ पोखरीसम्मको अल्ट्रा म्याराथन गराउने योजना बनाएको थियो । तयारी नपुगेका कारण ८ किलोमिटरमा मात्रै दौड सिमित हुने भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!