विराटनगर । नेपाल दृष्टि विशेषज्ञ सङ्घ कोशी प्रदेश र विराट मेडिकल कलेजबीच सम्झौता भएको छ । आजीवन सदस्यहरूको उपचारमा सहुलियत प्रदान गर्न सङ्घले विराटसँग सम्झौता गरेको हो ।
सङ्घका सचिव राकेश कुमार साहका अनुसार आजीवन सदस्यका परिवारले विभिन्न सेवामा छुट पाउनेछन् ।
ओपिडी, ल्याब, फार्मेसी, जेनेरल बेड, भेन्टिलेटर, आईसीयू, एनआईसीयू लगायतका सेवामा छुटको व्यवस्था मिलाइएको छ । यो सुविधा लिन अनिवार्य कार्ड आजीवन सदस्यता कार्डको आवश्यकता पर्ने पनि सङ्घले जनाएको छ ।