संगालोखबर


विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति सदस्यमा डाक्टर बन्दनाकुमारी जैन चयन भएकी छन् । सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकको रूपमा त्रिभुवन विश्वविद्यालयकी सहायक प्राध्यापक डाक्टर जैनलाई मनोनित गरेको हो ।

जीवन विकासमा यसअघि सोनिला शाक्य स्वतन्त्र सञ्चालक थिइन् । उनको कार्यकाल सकिएपछि सञ्चालक समितिको बैठकले सहायक प्राध्यापक जैनलाई मनोनित गरेको जनाइएको छ ।

Advertisement

जीवन विकासको सञ्चालक समिति अध्यक्ष विक्रमराज सुवेदीले जैनलाई सपथग्रहण गराएका छन् । व्यवस्थापन संकायबाट विद्यावारिधि गरेकी जैन डिग्री क्याम्पस विराटनगरकी प्राध्यापक हुन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!