विराटनगर । नौ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार भएको छ । तेह्रथुमका २८ वर्षीय फुर्वा शेर्पा र दोलखा घर भएका ३९ वर्षीय शेर स्याम्बो शेर्पाको उद्धार गरिएको हो ।
उनीहरू भारतको नयाँ दिल्लीस्थित एक एजुकेशन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका थिए । अमेरिकाबाट सञ्चालित नेपाली न्यूज पोर्टल खसोखासका अनुसार २०२४ को मे महिनादेखि युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा उनीहरूलाई राखिएको थियो ।
गैर आवासीय नेपाली सङ्घको सहयोगमा उद्धार गरिएका उनीहरूलाई टर्कीस एयरलाइन्सको विमान मार्फत शुक्रबार दिउँसो नेपाल पठाउने गैर आवासीय नेपाली सङ्घले जनाएको छ । उनीहरूलाई उद्धार गर्न विभिन्न निकायहरूले भूमिका खेलेका थिए ।