विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक हजार छ सय रुपैयाँले बढेको हो । बुधबार दुई हजार दुई सय रुपैयाँले बढेको सुनको मूल्य मङ्गलबार एक हजार नौ सय रुपैयाँले बढेको थियो ।
महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला एक लाख ६६ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै मङ्गलबार सुन प्रतितोला एक लाख ६४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले बढेर एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार नौ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।