विराटनगर । विराटनगरको पोल स्टार माध्यमिक विद्यालयमा विज्ञान तथा कला प्रर्दशनी गरिएको छ । कक्षा २ देखि ९ सम्म अध्ययनरत विद्यार्थीहरूले विज्ञान, कला, चित्रकला, रोबोटिक्स आदिको प्रर्दशनी गरेका हुन् ।
प्रदर्शनीको ६ सय बढी अभिभावकले अवलोकन गरेका थिए । विद्यार्थीहरूको क्षमता विकासका लागि प्रत्येक वर्ष यस्तो कार्यक्रम गर्ने गरिएको प्रिन्सिपल गोपाल प्रसाद रिजालले जानकारी दिए ।
विद्यार्थीहरूले पढेका कुरालाई प्रयोगात्मक रूपमा प्रस्तुत गर्दा उनीहरूको स्मरण क्षमतामा वृद्धि उने उनले बताए ।
यस्तै कारखाना संस्थाको सहयोगमा वर्षभरी विज्ञानका सबै पाठलाई प्रयोगात्मक रूपमा सिकाइने गरेको प्रिन्सिपल रिजालले जानकारी दिए । सोही अवसरमा नर्सरी देखि कक्षा १० सम्मको त्रैमासिक परीक्षाको नतिजा प्रकाशन गरिएको थियो ।