गोल्डेन हस्पिटलमा झण्डै दुई महिना बन्धक बनेर घर फर्किए दाजुबहिनी

गोल्डेन हस्पिटलमा झण्डै दुई महिना बन्धक बनेर घर फर्किए दाजुबहिनी

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–७ का २३ वर्षीय देव किसुन मण्डल र १७ वर्षीया सविता मण्डल गोल्डेन हस्पिटलमा बन्धक बनेको खुलेको छ । संगालोखबरलाई प्राप्त जानकारी अनुसार उनीहरू डिस्चार्ज भएर पनि बन्धक हुनुपरेको थियो । लामो समय बन्धक भएका उनीहरू हिजो साँझ घर फर्किएका हुन् । विराटनगरको हस्पिटल चोकमा भाडामा सञ्चालित गोल्डेन हस्पिटलको विराटनगर–११ जनपथ टोलमा साउन २७ गते भव्य भवनको तामझामका साथ उद्‌घा...
विराट राजाको दरबारः ऐतिहासिक सम्पदा संरक्षणमा राज्यको बेवास्ता

विराट राजाको दरबारः ऐतिहासिक सम्पदा संरक्षणमा राज्यको बेवास्ता

विराटनगर । प्रदेश राजधानी विराटनगरको मुख्य बजार क्षेत्रबाट करिब १० किलोमिटर दक्षिणमा अवस्थित छ, विराट राजाको दरबार क्षेत्र । विराटनगर–१८ स्थित भेडियारी बस्तीमा रहेको प्राचीन विराट राजाको दरबारलाई पाँच हजार वर्ष पुरानो इतिहासका रूपमा चिनिन्छ । ऐतिहासिक सम्पदाको रूपमा परिचित यो क्षेत्रको संरक्षण र प्रवर्द्धनमा भने तीनै तहको सरकारले चासो देखाएको पाइँदैन । महाभारतकालीन इतिहाससँग जोडिएको विराट राजाक...
मुसहर बस्तीमा शिक्षाको ज्योति बनेका ‘राजु सर’

मुसहर बस्तीमा शिक्षाको ज्योति बनेका ‘राजु सर’

विराटनगर । राजु क्षेत्री अर्थात राजु सर । विराटनगर–१६ दरहैयास्थित मुसहर बस्तीका बालबालिका र अभिभावकका लागि प्रिय नाम हो । उनी धेरै का प्रेरणाका स्रोत पनि हुन् । राजु सर जब मुसहर बस्ती पुग्छन्, बालबालिका झुम्मिन पुगिहाल्छन् । ‘ट्राइ साइकल’ धकेलेर राजु सरलाई पढ्ने भवनको कोठासम्म पुर्‍याउँछन् । उनी बालबालिकाको खुसी देखेर आफ्ना सबै दुःख बिर्सिन्छन् । ट्राइ साइकलको यात्रा । सडकले दिएको सास्ती । कहिल...
इटहरी आइपुग्यो नगर बस, विराटनगरमा कहिले ?

इटहरी आइपुग्यो नगर बस, विराटनगरमा कहिले ?

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाले नगर बस सञ्चालन गर्न तयारी थालेको छ । यसका लागि चीनबाट चारवटा बस ल्याइएको छ । नगर क्षेत्रभर सहज र सरल रूपमा यातायातको सेवा पुर्याउने उद्देश्यले नगरबस खरिद गरिएको इटहरी उपमहानगरपालिकाले जनाएको छ । इटहरीले खरिद गरेको नगर बस सोमबार आइपुगेका छन् । एउटा बस करिब डेढ करोड लागतको रहेको जनाइएको छ । इटहरी उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडाध्यक्ष दिव...
विराटनगरमा सडक लेनबारे छैन सचेतनाः ‘डमी’ ट्राफिक, लापर्बाह चालक

विराटनगरमा सडक लेनबारे छैन सचेतनाः ‘डमी’ ट्राफिक, लापर्बाह चालक

विराटनगर । प्रदेश राजधानी विराटनगरमा ६ लेन सडक विस्तार भएको लामो समय भइसकेको छ । सडकको चौडाइ बढेपनि यसको सही प्रयोग नहुँदा सवारी आवागमन अस्तव्यस्त र दुर्घटना पनि बढ्दो छ । विराटनगरको रोडशेष चोकदेखि ढाटसम्मको सडकलाई नियाल्दा दुबै तर्फको एक लेन सडक पार्किङले ढाकिएको हुन्छ । ‘पिक आवर’ मा यसले थप समस्या निम्त्याएको छ । सवारी चालकलाई लेन अनुशासनका बारेमा खासै ज्ञान समेत नभएको पाइन्छ भने ज्ञान भएपनि ...
विराटनगरको ट्राफिक लाइट उद्‌घाटन

विराटनगरको ट्राफिक लाइट उद्‌घाटन

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलोपटक जडान भएको ट्राफिक लाइटको औपचारिक उद्‌घाटन गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश र जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको समन्वयमा जडान गरिएको लाइटको आज बिहान उद्‌घाटन गरिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले ट्राफिक लाइटको उद्‌घाटन गरे । मन्त्री अधिकारीले यसबाट सवारी आवागमनका साथै पैदलयात्रीलाई पनि स...
कालोसूचीमा राखिएका ऋणीहरूको नाम अविलम्व खारेज गर्न मञ्चको माग

कालोसूचीमा राखिएका ऋणीहरूको नाम अविलम्व खारेज गर्न मञ्चको माग

विराटनगर । नागरिक संरक्षण एकता मञ्च नेपालले विभिन्न १० बुँदे मागसहित मेची–काली अभियानको सुरुवात गरेको छ । आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै मञ्चले विभिन्न माग राखेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाइएको उल्लेख गर्दै अभियान सुरु गरेको जनाएको हो । मञ्चका केन्द्रीय अध्यक्ष ताराकुमार नेपालले माग सम्बोधन नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए । कोभिड–१९ महामारीदेखि अहिलेसम्मको ब्या...
विराटनगरको व्यस्त बरगाछी चोकमा ट्राफिक लाइट सञ्चालन

विराटनगरको व्यस्त बरगाछी चोकमा ट्राफिक लाइट सञ्चालन

विराटनगर । विराटनगरको बरगाछीमा सवारी साधन व्यवस्थित रूपमा सञ्चालन गर्न आजदेखि ट्राफिक लाइट औपचारिक रूपमा प्रयोगमा ल्याइएको छ । केही समयअघि जडान गरिएको लाइट परीक्षणपछि पूर्णरूपमा सञ्चालनमा ल्याइएको हो । सवारी साधनको बाक्लो चाप हुने यस स्थानमा ट्राफिक लाइट सञ्चालन भएपछि दुर्घटनाको जोखिम कम हुने अपेक्षा गरिएको छ । स्थानीय गोविन्द खड्का भन्छन्, ‘बरगाछी दुर्घटनाको केन्द्रजस्तै बनेको थियो । यहाँ ट्रा...
मुख्यमन्त्रीले ‘इगो’ साँधेको कोशीका पूर्वमुख्यमन्त्री कार्कीको आरोप

मुख्यमन्त्रीले ‘इगो’ साँधेको कोशीका पूर्वमुख्यमन्त्री कार्कीको आरोप

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की हालका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि खनिएका छन् । प्रदेशसभा सचिवालयमा आज पत्रकारहरूसँग कुरा गर्दै उनले मुख्यमन्त्री कार्कीमाथि विभिन्न आरोप लगाउँदै सङ्घर्षमा उत्रने चेतावनी पनि दिए । पूर्वमुख्यमन्त्री कार्कीले आफूले सुरुवात गरेका महत्वपूर्ण कामहरू हालका मुख्यमन्त्रीले निरन्तरता नदिएर ‘इगो’ साँधेको आरोप लगाए । उनले बजेटका विषयमा मुख्...
श्री हस्पिटलले डिस्चार्जको नौ दिनपछि बिरामीलाई पठायो घर (फलोअप)

श्री हस्पिटलले डिस्चार्जको नौ दिनपछि बिरामीलाई पठायो घर (फलोअप)

विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको श्री अस्पतालले डिस्चार्ज भएको ९ दिनपछि बिरामीलाई घर जान दिएको छ । मोरङको कानेपोखरी गाउँपालिका–३ हरकपुरका ३१ वर्षीय रञ्जित टुडु उपचार खर्च बुझाउन नसक्दा अस्पतालमा ‘बन्धक’ भएका थिए । यस विषयमा मङ्गलबार संगालोखबरले समाचार प्रकाशन गरेको थियो । रञ्जितका बुबा सर्दुल टुडुले अस्पतालले छोरालाई घर लग्न दिएको संगालो संगालोखबरलाई जानकारी दिए । ‘अस्पताल प्रशासनले त...
कानुन कार्यान्वयनमा समस्या देखियोः मन्त्री राई

कानुन कार्यान्वयनमा समस्या देखियोः मन्त्री राई

विराटनगर । कोशी प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सिर्जना राईले बनेका कानुन कार्यान्वयनमा विभिन्न समस्या देखिएको बताएकी छन् । लैङ्गिक हिंसा पीडितको न्यायमा पहुँच अभिवृद्धिः नीति समीक्षा तथा सुझावहरू सम्बन्धी विराटनगरमा भएको अन्तरक्रिया कार्यक्रम उनले यस्तो बताएकी हुन् । उनले पछिल्लो समय महिलाहरूले कानुनको दुरुपयोग गरेको अनुभव हुने गरेको उल्लेख गरिन् । उनले पछिल्लो समय पुरुष हिंसा बढेको भन्दै उ...
विराटनगरको श्री हस्पिटलले बिरामीलाई डिस्चार्ज दियो, घर जान दिएन

विराटनगरको श्री हस्पिटलले बिरामीलाई डिस्चार्ज दियो, घर जान दिएन

विराटनगर । विराटनगरको श्री हस्पिटलमा बिरामीलाई बन्धक बनाएको छ भन्ने जानकारी आयो । जानकारी पाएपछि हस्पिटल गएर बुझ्दा एक युवा डिस्चार्ज भएको ८ दिन भइसक्दा पनि अस्पतालको बेडमै थिए । उनी रहेछन्, मोरङको कानेपोखरी गाउँपालिका–३ हरकपुरका ३१ वर्षीय रञ्जित टुडु । उनी डिस्चार्ज भएको ८ दिन भइसक्दा पनि हस्पिटलमै छन् । विराटनगरको हस्पिटल चोकस्थित श्री हस्पिटलको जेनेरल वार्डको बेड नम्बर ४ मा रहेका उनी कहिले घर...
‘सबैलाई आयो लोकतन्त्र, हामीलाई खोई ?’

‘सबैलाई आयो लोकतन्त्र, हामीलाई खोई ?’

विराटनगर । आफ्ना माग पूरा गराउन साउन ६ गतेबाट आन्दोलित बनेका कोशी प्रदेशका वनरक्षक कर्मचारीहरूले आन्दोलनलाई थप सशक्त बनाउने निधो गरेका छन् । उद्योग, वन तथा वातावरण मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै उनीहरूले आन्दोलनलाई थप सशक्त बनाउने उद्घोष गरेका हुन् । कोशीमा ५ सय १३ जनाको दरबन्दी भएपनि हाल २५८ जना वनरक्षक कार्यरत छन् । आफूहरूका माग सम्बोधनका लागि कसैले चासो नदेखाएका कारण नियमित धर्ना दिनुप...
विराटनगरमा यसरी उचालिँदैछ घर

विराटनगरमा यसरी उचालिँदैछ घर

विराटनगर । बनिसकेको घर एक ठाउँबाट अर्को ठाउँमा सार्न र उचाइ बढाउन सकिन्छ । धेरैलाई यो असम्भव र अचम्म लाग्न सक्छ । प्रविधिको प्रयोगले यो सम्भव देखिएको छ । ‘लिफ्टिङ सिफ्टिङ’ प्रविधि मार्फत जमिनबाट घरको उचाइ बढाउन सहजै सार्न सकिन्छ । छिमेकी देश भारतमा करिब दुई दशकदेखि यो प्रविधिको माध्यमबाट घरको उचाइ बढाउने र सार्ने काम हुँदै आएको छ । नेपालमा पनि केही वर्षदेखि यो प्रविधिको माध्यमबाट घरको उचाइ बढाउ...
प्रधानाध्यापक र शिक्षा शाखाको मिलेमतोमा अनियमितताको आशङ्का

प्रधानाध्यापक र शिक्षा शाखाको मिलेमतोमा अनियमितताको आशङ्का

विराटनगर । विराटनगर–१३ रानीस्थित बाल माध्यमिक विद्यालयको चार कोठे भवन निर्माणमा अनियमितता भएको आरोप लागेको छ । विद्यालय व्यवस्थापन समिति तथा निर्माण समितिले आज पत्रकार सम्मेलन गर्दै भवन निर्माणमा अनियमितता भएको आरोप लगाएको हो । ४५ लाख बजेटमा निर्माण भएको भवनको प्रधानाध्यापकले ५१ लाखको बिल देखाएपछि अनियमितता भएको र सोही बिलको फरफारक नहुँदा दोस्रो चरणमा प्लास्टरका लागि आएको ६ लाख भुक्तानी महानगर...
माग पूरा गराउन आमरण अनशन बस्ने कोशीका वन रक्षकको चेतावनी

माग पूरा गराउन आमरण अनशन बस्ने कोशीका वन रक्षकको चेतावनी

विराटनगर । कोशी प्रदेशका वन रक्षक आन्दोलित बनेका छन् । गत साउन ६ गतेबाट सम्पूर्ण कामकाज ठप्प पार्दै उनीहरू आन्दोलित बनेका हुन् । सहायक स्तर तेस्रो तह कायम गरिनुपर्नेलगायत माग अघि सार्दै उनीहरु आन्दोलित बनेका हुन् । चौथो तहमा पदपूर्ति गर्दा आन्तरिक प्रतियोगितात्मक परीक्षा र ज्येष्ठता तथा कार्यक्षमता मूल्याङ्कनबाट हुने बढुवाको समेत व्यवस्था गर्नुपर्ने माग पनि उनीहरूले राखेका छन् । आफ्ना माग सम्बो...
सार्थक बन्दै ‘हराभरा विराटनगर’ अभियान

सार्थक बन्दै ‘हराभरा विराटनगर’ अभियान

विराटनगर । केही वर्ष अघिसम्म विराटनगरका धेरै ठाउँमा वरपीपलसहित ठूलाठूला रुख थिए । तिनै रूख बिरुवा गर्मीयाममा धेरैलाई शीतल छहारी बन्थे । कोशी राजमार्ग किनार लहरैजस्तो बरपीपलका रूख थिए । जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि पनि बाक्लै थिए । गर्मीयाममा धेरैलाई राहत मिल्थ्यो । प्रशासन आएका सेवाग्राहीलाई त्यसकै छहारीले धेरै सहज बनाउँथ्यो । अहिले यी सबैजसो क्षेत्र पहिलेजस्ता छैनन् । छहारी खोज्दा पनि नप...
विराटनगर भन्सारले उठाउन सकेन लक्ष्यअनुसार राजश्व, ५९.७३ प्रतिशत मात्रै

विराटनगर भन्सारले उठाउन सकेन लक्ष्यअनुसार राजश्व, ५९.७३ प्रतिशत मात्रै

विराटनगर । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्यभन्दा कम राजश्व संकलन गरेको छ । ५० अर्ब ८१ करोड राजश्व सङ्कलनको लक्ष्य राखेको भएपनि ३० अर्ब ३५ करोड १५ लाख रुपैयाँ अर्थात ५९.७३ प्रतिशत मात्रै राजश्व संकलन भएको छ । साउन महिनामा २ अर्ब ८५ करोड २९ लाख अर्थात ८१.५७ प्रतिशत राजश्व सङ्कलन गरेको विराटनगर भन्सारले भदौमा २ अर्ब ५३ करोड १९ लाख अर्थात ५६.८१ प्रतिशत राजश्व सङ्कलन गरेको ...
कोशीमा एक वर्षयता विपद्का घटनामा ७७ जनाको मृत्यु

कोशीमा एक वर्षयता विपद्का घटनामा ७७ जनाको मृत्यु

विराटनगर । कोशी प्रदेशमा एक वर्षको अवधिमा विपद्का घटनामा परी ७७ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०८०/८१ मा २ हजार ८६९ विपद्का घटनामा ७७ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको हो । आज आयोजित कार्यक्रममा वार्षिक कार्य प्रगति प्रस्तुत गर्दै कार्यालयले विभिन्न विपद्का घटनामा परी २७७ घाइते भएका जनाएको छ । विपद्का घटनामा परेर आव २०७९/८० मा ५७ जनाको मृत्यु भएको थियो । आव २०८०/८१ मा ४ जना...
बीच सडकमै गाडी, सडक पेटीमा व्यापार र पार्किङ (बेथितिका तस्बिरहरू)

बीच सडकमै गाडी, सडक पेटीमा व्यापार र पार्किङ (बेथितिका तस्बिरहरू)

विराटनगर । हरेक वर्ष ट्राफिक सप्ताह मनाइन्छ । यस वर्ष पनि कोशी प्रदेशमा हालै ‘दुर्घटनामुक्त समाजको चाहना, ट्राफिक प्रहरीको कामना’ भन्ने नारासहित धुमधामसाथ ट्राफिक सप्ताह मनाइएको थियो । ट्राफिक सप्ताहमा मुख्यमन्त्रीदेखि विभिन्न मन्त्रालयका मन्त्री, डिआइजी र सरोकारवाला लगायतको उपस्थिति थियो । दुर्घटना न्यूनीकरणका विषयमा बृहत् कार्यक्रम भयो । तर त्यसको प्रतिफल भने शून्य छ । सडकमा प्रभावकारी रूपमा...
एक वर्षभित्र कोशीमा भएका गाडी दुर्घटनामा ३९७ जनाको मृत्यु

एक वर्षभित्र कोशीमा भएका गाडी दुर्घटनामा ३९७ जनाको मृत्यु

विराटनगर । कोशी प्रदेशमा आर्थिक वर्ष २०८०/८१ को अवधिमा सवारी दुर्घटनामा परी ३९७ जना मानिसले ज्यान गुमाएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको तथ्याङ्क अनुसार ३ हजार ५६३ दुर्घटनामा ३९७ जनाको मृत्यु भएको हो । दुर्घटनाहरूमा ६ हजार ७६ जना घाइते भएका छन् । आर्थिक वर्ष २०७९/८० मा भएका ३ हजार ५१० दुर्घटनामा ४१२ जनाको मृत्यु भएको थियो । यसैगरी २०८०/८१ मा २ लाख ५...
विराटनगरको राजश्री सहकारीको बदमासीः चुक्ता भएको ऋण तिर्न बाँकी !

विराटनगरको राजश्री सहकारीको बदमासीः चुक्ता भएको ऋण तिर्न बाँकी !

विराटनगर । सुनसरीको दुहबी नगरपालिका–९ की दुखनी खातुनलाई छोरीको विवाहका लागि पैसाको आवश्यकता पर्यो । कुरा २०७५ सालको हो । उनले रङ्गेली रोडमा रहेको राजश्री सेभिङ्ग्स एण्ड क्रेडिट को–अपरेटिभ सोसाइटीबाट जग्गा धितो राखेर कर्जा लिइन् । २०७५ फागुन १७ गते दुई कठ्ठा १० धुर जग्गा धितो राखेर २ लाख ५० हजार कर्ता लिइन् । आफूले लिएको कर्जा तिरिसक्दा पनि सहकारीले अझै रकम तिर्न बाँकी छ भनेर उनीसँग रकम माग्यो ।...
डाक्टर पतिबाट पीडित बनेकी महिला न्याय खोज्दै

डाक्टर पतिबाट पीडित बनेकी महिला न्याय खोज्दै

विराटनगर । ‘साधी डटकम’ बाट जोडिएको बैबाहिक सम्बन्धले सुनिता साहलाई नराम्ररी पिरोलेको छ । २०७३ सालमा मोरङको धनपालथान गाउँपालिका–२ का डा. श्यामप्रसाद साहसँग सुनिताले लगनगाँठो कसिन् । सुनिता भारतको उत्तर प्रदेश गाजियावादकी हुन् । सुन्दर भविष्यको सपना बोकेर गाँसिएको सम्बन्ध सुनिताका लागि भने भारी भयो । पतिको कुटाइका कारण विक्षिप्त बनेकी सुनिता न्यायाका लागि अदालत धाइरहेकी छिन् । अहिले ६ वर्षकी छोरी...
चिट खोसेको निहुँमा विद्यार्थीद्वारा उपप्राध्यापक तामाङ पिटिए

चिट खोसेको निहुँमा विद्यार्थीद्वारा उपप्राध्यापक तामाङ पिटिए

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका शिक्षाशास्त्र संकायका उपप्राध्यापक अर्जुन तामाङ २०८० साउन ४ गतेबाट सञ्चालित स्नातक तह दोस्रो वर्षको परीक्षामा आन्तरिक पर्यवेक्षक थिए । उनले विद्यार्थीले ‘चिट चोरेको’ पाएपछि उत्तरपुस्तिका खोसेर कारबाहीका लागि केन्द्राध्यक्ष समेत रहेका तत्कालीन क्याम्पस प्रमुख डा. बाबुराम तिम्सिनालाई बुझाएका थिए । परीक्षाफल प्रकाशन भएपछि ती विद्यार्थी ‘एक्सफेल्ड’ भ...
कोशी बन्यो ‘पूर्ण खोप सुनिश्चितता प्रदेश’

कोशी बन्यो ‘पूर्ण खोप सुनिश्चितता प्रदेश’

विराटनगर । कोशीलाई ‘पूर्णखोप सुनिश्चितता प्रदेश’ घोषणा गरिएको छ । विराटनगरमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्णखोप सुनिश्चितता प्रदेश घोषणा गरेका हुन् । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित प्रदेशलाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो । मुख्यमन्त्री कार्कीले प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा भएकोमा खुस...
कोशी प्रदेश खेलकुद बोर्डले खेलाडी र प्रशिक्षकलाई सम्मान गर्ने

कोशी प्रदेश खेलकुद बोर्डले खेलाडी र प्रशिक्षकलाई सम्मान गर्ने

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गर्ने भएको छ । विराटनगरमा आज पत्रकार सम्मेलन गरी बोर्डले भोलि आइतबार उनीहरूलाई नगदसहित सम्मान गर्ने जनाएको हो । अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियेगिता र १४औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी, सम्बन्धित खेलका प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मान गरिने बोर्डका सदस्य सचि...
शैक्षिक सुधारका लागि महेन्द्र मोरङ क्याम्पसलाई परिषद्को सुझाव

शैक्षिक सुधारका लागि महेन्द्र मोरङ क्याम्पसलाई परिषद्को सुझाव

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको शैक्षिक सुधारका लागि सुझाव–पत्र बुझाएको छ । परिषद् महेन्द्र मोरङ क्याम्पस इकाइ समितिले आज क्याम्पस प्रमुख डा. रामावतार शरणलाई सुझाव–पत्र बुझाएको हो । क्याम्पसको शैक्षिक, प्रशासनिक तथा वातावरणको समग्र सुधारका लागि विभिन्न माग तथा सुझावहरू क्याम्पस प्रमुखलाई बुझाएको क्याम्पस संयोजक सरोज यादवले जानकारी दिए । व्य...
‘रिजालको ग्यास’ का चालक कारागारमा, उद्योगले बेवास्ता गरेको परिवारको गुनासो

‘रिजालको ग्यास’ का चालक कारागारमा, उद्योगले बेवास्ता गरेको परिवारको गुनासो

विराटनगर । गाडी चलाएर परिवार चलाइरहेका पति सवारी ज्यान तथा अंगभंग कसुरमा कारागार परेपछि दैनिक गुजारामा समस्या भएको पत्नी तारा वाइवाले बताएकी छन् । आज पत्रकार सम्मेलन गरी उनले दुई छोरी र आफू समस्यामा परेको बताएकी हुन् । विराटनगर–१५ का प्रेम वाइवा रिजालको ग्यास उद्योगमा ट्रक चालकको काम गर्थे । सदाझैँ २०७७ फागुन १९ गते बिहान ग्यास लोड गरिएको ट्रक लिएर उनी झापाको काँकडभिट्टातर्फ लागेका थिए । सुरुङ्...
‘बीमालाई प्रभावकारी बनाउन सबैले प्रभावकारी भूमिका खेल्नुपर्छ’

‘बीमालाई प्रभावकारी बनाउन सबैले प्रभावकारी भूमिका खेल्नुपर्छ’

विराटनगर । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया गरेको छ । मंगलबार आर्थिक मामिला तथा योजना मन्त्रालयमा मन्त्री विभिन्न मन्त्रालयका सचिव र बीमा कम्पनीका प्रदेश प्रमुखहरूको उपस्थितिमा अन्तरक्रिया गरिएको हो । प्रदेश सरकारसँग विभिन्न अपेक्षा राख्दै अन्तरक्रिया गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरण कोशी प्रदेशका प्रमुख विनोदकुमार पोखरेलले बीमाको विकासमा प्रदेश...
खोलाछेउका बासिन्दाको पीडा, ‘भोक न निद्रा भइएको छ’

खोलाछेउका बासिन्दाको पीडा, ‘भोक न निद्रा भइएको छ’

विराटनगर । ‘रातभरी अनिँदो बस्न बाध्य छौँ । सालैपिच्छे यो अवस्था आउँछ । पानी पर्न थालेपछि खोला पनि बढ्छ । घरै बगाउने हो कि भन्ने त्रासले रातभर निदाउन सकिँदैन । घरको सामान पनि सबै बगाएर लग्छ, बालबच्चा लिएर कहाँ भाग्नु ।’ यो पीडा हो विराटनगर–२ स्थित सिंघिया खोला छेउकी बासिन्दा सरोजादेवी रायको । आफ्नोमात्र होइन उनले त्यस क्षेत्रका अरु पनि पीडितहरुको समस्या पोखेकी हुन् । उनी ऐलानी जग्गामा बस्छिन् । ...
जापानको सहयोगमा विराटनगरको खानेपानी वितरण प्रणाली सुधार गरिँदै

जापानको सहयोगमा विराटनगरको खानेपानी वितरण प्रणाली सुधार गरिँदै

विराटनगर । विराटनगरको खानेपानी वितरण प्रणाली सुधारका लागि जापान सरकारले सहयोग गरेको छ । नेपाल खानेपानी संस्थानद्वारा निर्माण हुने खानेपानी सुधार आयोजनाका लागि जापान सरकारले अनुदान सहयोग गरेको हो । २ अर्ब ५४ करोड जापानी येन लागत रहेको आयोजनाको संघीय सरकारका खानेपानीमन्त्री राजेन्द्रकुमार राईले आज शिलान्यास गरे । देशकै खानेपानीको समस्या समाधानका लागि काम गरिरहेको बताउँदै मन्त्री राईले यो परियोजना ...
error: Content is protected !!