मोहन ढकाल/संगालोखबर

विराटनगर । गत शनिबार मोरङको सुन्दरहरैँचा नगरपालिका-७ को केराघारीमा दुई नाबालिकाको शव भेटिएको विषयमा प्रहरीले अनुसन्धान तीब्र पारेको छ ।

Advertisement

धनकुटाको पाख्रिबास नगरपालिका-४ घर भइ सुन्दरहरैँचा बस्दै आएका अर्जुन कार्की र अस्मिता न्यौपानेका छोरी एक वर्षीया आइका र तीन वर्षीया अर्पणा मृत फेला परेका थिए । मृतक बालिकाहरूको शव नजिकै विषादीको खाली बट्टासमेत भेटिएको थियो ।

प्रहरीले घटनाका विषयमा सोही दिनदेखि अनुसन्धान गरिरहे पनि मृतक बालिकाकी आमा अस्मितालाई भेट्टाउन सकेको छैन । मोरङका प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले संगालोखबरलाई भने, ‘अनुसन्धान जारी छ, आमालाई फेला पार्न सकेको अवस्था छैन ।’

बस्नेतले अन्य जिल्लामा पनि खोजी भइरहेको जानकारी दिए । उनले भने, ‘केही स्थानीयबाट घटनाको भोलिपल्ट गोठगाउँ वरपर देखिएको भन्ने कुरा पनि आएको छ । त्यही आधारमा हामीले अनुसन्धानलाई ब्यापक बनाएका छौँ ।’

श्रीमान अर्जुनसँग विवाद भएपछि दुई नाबालिका छोरीलाई लिएर अस्मिता हिँडेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनाको सम्बन्धमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको डीएसपी बस्नेतले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!