मोहन ढकाल/संगालोखबर

विराटनगर । विराटनगरमा आज निकालिने ५६ औं राधाकृष्ण रथयात्राको सम्पूर्ण तयारी पूरा भएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने श्री राधाकृष्ण रथयात्राको तयारी पूरा भएको रथयात्रा समारोह समितिले जनाएको छ ।

Advertisement

राधाकृष्ण मन्दिरबाट दिउँसो ३ः३० बजे रथ निकालिने समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए ।  रथयात्राको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र विराटनगर महानगरपालिकाका नागेश कोइरालाले उद्‌घाटन गर्नेछन् ।

राधाकृष्ण मन्दिरबाट प्रारम्भ भएको रथयात्राको ४३ स्थानमा विश्राम स्थल तोकिएको छ । ९ किलोमिटरको बाटो तय भएको र ६ घण्टामा सो बाटो रथले पार गर्ने अध्यक्ष रेग्मीले बताए । पेगोडा शैलीमा बनाइएको रथको लम्बाइ २२ फिट, चौडाइ १४ फिट र उचाइ १८ फिटको रहेको छ । रथको मध्यभागमा युगल जोडी भगवान् श्री राधाकृष्णलाई आरूढ गराई ५ जना पण्डितको समुह, प्राविधिक १ जना, कमिटीको तर्फबाट १ जना गरी ७ जना रथमा रहने व्यवस्था मिलाइएको अध्यक्ष रेग्मीले जानकारी दिए ।

रथको अग्रभागमा विभिन्न जातजाति, सम्प्रदाय, धर्म एवम् संस्कृति झल्कने झाँकी एवं भजन मण्डलीहरू रहने उनको भनाइ छ । रथको अग्रभाग जुआबाट ७५ फिट लम्बाइका दायाँ र बायाँपट्टि फैलिएका लठ्ठा (डोरी) राखिएको छ । रथले तय गर्ने बाटोमा हेलिकप्टरबाट पुष्पगुच्छा बर्साइने भएको छ ।

रथयात्रामा ११४ ट्राफिक प्रहरी खटाइने

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!