मोहन ढकाल/संगालोखबर

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राधाकृष्ण रथयात्राको तयारीका विषयमा अवलोकन गरी समितिसँग जानकारी लिएका छन् । आज बिहान तीनपैनीस्थित मन्दिर परिषद्मा पुगेर मुख्यमन्त्री कार्कीले रथयात्राको तयारीबारे जानकारी लिएका हुन् ।

Advertisement

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीले रथयात्रा तयारीको अवस्था, मन्दिरको निर्माणाधीन भवनको निर्माण प्रगति तथा मन्दिरसँग सम्बन्धित अन्य विषयमा जानकारी गराएका थिए ।

मुख्यमन्त्री कार्कीले विराटनगर औद्योगिक शहर मात्र नभएर सांस्कृतिक शहर पनि भएको बताए । उनले विराटनगरलाई धार्मिक पर्यटनस्थलको रूपमा अगाडि बढाउन प्रदेश सरकार लाग्ने उद्घोष गरे । उनले यस कार्यमा विराटनगरबासीको साथ आवश्यक पर्ने बताए ।

रथयात्रालाई कोशी प्रदेशको गौरवका रूपमा लिएर प्रदेश सरकार यससँग सम्बन्धित विषयमा सहयोग गर्न तयार रहेको उनको भनाइ थियो । रथ यात्रालाई भव्य र सभ्य बनाउन समिति लागिरहेको सचिव कृष्ण कार्कीले जानकारी गराए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!