मोहन ढकाल/संगालोखबर


विराटनगर । विराटनगरको आरोहण गुरुकुलमा विद्यालय नाटक महोत्सवको चौथो संस्करण शुरु भएको छ । आज विप्लव ढकालको लेखन तथा सविन भट्टराईको निर्देशनमा तयार भएको ‘नीलाम्बरको आकाशयुद्ध’ नामक नाटक
मञ्चनसँगै महोत्सव सुरु भएको हो ।

नाटकमा गुरुकुलका कलाकाहरूको अभिनय रहेको थियो । ९ वटा विद्यालय सहभागि महोत्सवमा भोलिबाट प्रत्येक दिन एउटा नाटक मञ्चन हुनेछ । महोत्सवमा विराटनगर, विराटचोक, बेलबारी र रङ्गेलीका विद्यालय सहभागि भएको महोत्सवका संयोजक दिपेश भण्डारीले जानकारी दिए ।

Advertisement

भोलि आइतबार विराटनगरको ग्रेडेड इङ्ग्लिस मिडियम सेकेन्डरी स्कुलले योशिको उचिदाको कथामा आधारित ‘बुद्धिमानी आमा’ नामक नाटक मञ्चन गर्नेछ । उक्त नाटकमा मनिषा राजवंशीको निर्देशन रहेको छ भने लकेश दंगालले सहजीकरण गरेका छन् ।

सोमबार दिल्ली पब्लिक स्कुलले गुरुप्रसाद मैनालीको कथामा आधारित ‘छिमेकी’ नामक नाटक मञ्चन गर्नेछ । मयुरेस वर्माले निर्देशन गरेको यो नाटकको सहजीकरण पनि दंगालले नै गरेका छन् । मङ्गलबार आदर्श माध्यमिक विद्यालयले देवकुमारी थापाको कथामा आधारित ‘भविष्य निर्माण’ नामक नाटक मञ्चन गर्नेछ । प्रनिशा रेग्मीले निर्देशन गरेको यो नाटकमा रविन चिमरिया र दिक्षा चौधरीले सहजिकरण गरेका छन् ।

बुधबार ग्रिनल्याण्ड सेकेन्डरी स्कुलले चर्चिता अधिकारी र दित्शा लुईटेलको लेखन तथा निर्देशन रहेको ‘रंग’ नामक नाटक मञ्चन गर्नेछ । यस नाटकको सहजिकरण प्रदिप दाहालले गरेका छन् । बिहीबार पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलले रेणुका बजगाईँ घिमिरेको निर्देशनमा तयार भएको ‘एक पटक बोलेको एक रुपियाँ’ नामक नाटक मञ्चन हुनेछ । यो नाटकलाई सविन भट्टराई र निशान चौहान राईले सहजिकरण गरेका छन् ।

शुक्रबार नमुना विद्या मन्दिर स्कुलले पशुपति रिमालको निर्देशनमा तयार भएको ‘जिम्मेवारी कसको ?’ नामक नाटक मञ्चन गर्नेछ । यो नाटकको सहजिकरण भरत कार्की र विकास पराजुलीले गरेका छन् । यस्तै शनिबार मोरङ ज्ञानोदय सेकेन्डरी इङ्लिस स्कुल बेलबारीले विकास बुढाथोकीको लेखन तथा निर्देशनमा तयार भएको ‘स्मार्ट बन्द’ नामक नाटक मञ्चन गर्नेछ ।

आइतबार सुबिजिमुर मेमोरियल सेकेन्डरी स्कुल विराटचोकले प्रतिक्षा अधिकारीद्वारा लिखित ‘ज्ञ’ नामक नाटक मञ्चन गर्नेछ । सोनाम तामाङले निर्देशन गरेको यो नाटकमा सुरज माझीले सहजिकरण गरेका छन् ।

सोमबार श्री एकता सेकेन्डरी स्कुल रङ्गेलीले भवानी भिक्षुको कथामा आधारित ‘सावित्रीको बाख्रो’ नामक नाटक मञ्चन गर्नेछ । यसको परिकल्पना तथा निर्देशन रमेशचन्द्र अधिकारीको रहेको छ । भदौ ३१ गतेसम्म चल्ने महोत्सवमा हरेक दिन २ बजेदेखि नाटक मञ्चन हुने संयोजक भण्डारीले बताए ।  

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!