मोहन ढकाल/संगालोखबर

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आफ्नो अडानबाट पछि नहट्ने बताएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई खुला स्मरण पत्र लेख्दै कार्कीले जनताको मतको ऋण तिर्न आफू मर्न पनि तयार रहेको उल्लेख गरेका हुन् ।

Advertisement

आफूले उठाएका महत्वपूर्ण कुराप्रति हालका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बेवास्ता गरेको उनको आरोप छ । पूर्वमुख्यमन्त्री कार्कीले १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार, महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रोत्साहन भत्ता, प्रदेशमा सञ्चालन भएको शैलजा आचार्य मुटु रोग उपचार केन्द्र सञ्चालन गर्ने काममा अहिलेको सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।

यस्तै सुनसरी र मोरङका ४ वटा पालिकालाई बाढी र डुबानबाट बचाउन केशलिया करिडोर निर्माण लगायतका जनजिविका र जनता केन्द्रित कार्यक्रमलाई सरकार र सम्बन्धित पक्षबाट बेवास्ता गर्ने काम भएको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘म मेरो अडानमा प्रतिबद्ध छु । मैले संसद्मा अनशन बस्छु भनेको कुराबाट पछि हटेको छैन र हट्दिन पनि, जनताको मतको ऋण तिर्न म मृत्युमा जान पनि तयार छु । र कात्रो लिएर बस्छु । बस आज आधिकारिक रूपमा नसुन्ने मुख्यमन्त्रीलाई स्मरण पत्र पठाउँदै छु ।’

कार्कीले गत साउन १६ गते प्रदेशसभाको मिडिया सेन्टरमा पत्रकार सम्मेलन गरेर कोशी प्रदेश सरकारविरुद्ध सङ्घर्षमा उत्रने चेतावनी दिएका थिए । उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूमाथि ‘इगो’ साँधेर आफूले सुरु गरेका महत्वपूर्ण कामलाई कटौती गरेको आरोप लगाइरहेका छन् । उनले मुख्यमन्त्री कार्कीको खुलेरै विरोध जनाउँदै आएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!