ग्रामथानका अध्यक्ष भन्छन् : ‘मलाई पेलेर जान खोज्नु गलत हो, पेलेको सहन सक्दिनँ’
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमो नारायण माझीले आफूविरुद्ध गलत प्रचारबाजी भएको बताएका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनले आफूले प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेललाई सोधेको स्पष्टीकरणको विषयमा गलत प्रचार भएको बताएका हुन् ।
उनले माटो उत्खनन रोक्ने विषयमा आफूलाई जानकारी नदिई प्रमुख प्रशासकीय अधिकृतले प्रहरीलाई पत्र काट्नु गलत भएको बताए । ‘गैरकानुनी उत्खनन कार्य रोक्...































